आमिर खान र यूनिसेभप्रति राजेशपायलको आक्रोश


गायक राजेशपायल राइले बलिउड नायक आमिर खान र यूनिसेभप्रति आक्रोश ब्यक्त गरेका छन् ।
बिहिबार आयोजना भएको एक कार्यक्रममा आमिरलाई स्टेजमा र नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कालाई दर्शकदिर्घामा राखेपछि राजेशपायलले आफ्नो फेसबुक पेजमार्फत आक्रोश व्यक्त गरेका हुन् ।
पारसलाई नेपालको सद्भावना दुतको रुपमा निम्त्याइएको कार्यक्रममा यूनिसेभले आमिरलाई दक्षिण एसियाका लागि सद्भावना दुत घोषणा गरेको थियो । तर कार्यक्रममा पारसलाई दर्शकदिर्घामा राख्दै गर्दा आमिरले आधा घन्टा कुपोषणका बारेमा बोलेका थिए । ‘सुनौला हजार दिन’को उद्घाटन गर्न मात्र पारस मञ्चमा पुगेका थिए । उनले छोटो बोल्न भनेपछि थोरै बोले र फेरि दर्शकदिर्घामा नै फर्किए ।
गायक राजेश पायल राइले ‘को आमिर खान’ ? भन्दै पारसलाई हेप्ने अधिकार आयोजकलाई कसले दियो भन्दै प्रश्न गरेका छन् ।
उनले ‘त्यही आमिर खान होइन, जसले नेपाललाई होच्याएर चिसो भनेकै कोकाकोला’ भनेको भन्दै उसले पनि भारत पुगेर मोदीले जस्तै बुद्ध भारतमा जन्मिएका हुन् भन्ने त होलानी भनेका छन् । उनले फिल्म फिल्म हो, राष्ट्र र राष्ट्रियता फरक हो भन्दै फेसबुकमा आक्रोश पोखेका छन् ।






प्रतिक्रिया दिनुहोस्...