पूर्वराजाले सर्वसाधारणलाई दसैंको टीका नलगाउने
१७ असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटकको दसैंमा सर्वसाधारणलाई टीका नलगाउने भएका छन् । धपेडी हुने भन्दै डाक्टरहरुले आरा मगर्न सुझाएपछि उनले विगतको परम्परालाई निरन्तरता नदिने भएका हुन् ।
केही दिनअघि थापाथलीस्थित नर्भिक अस्पतालमा हृदयघातको उपचार गराएका पूर्वराजा ज्ञानेन्द्रलाई डाक्टरहरुले आराम गर्न सुझाएका छन् ।
खानपिनमा पनि ख्याल गर्न उनलाई चिकित्सकहरुको सल्लाह छ । देशमा गणतन्त्र आएपछि पनि पूर्वराजा ज्ञानेन्द्रले हरेक दसैंमा सर्वसाधारणलाई टीका लगाएँदै आएका थिए ।
पूर्वराजा शक्तिपीठहरुमा पनि पूजापाठका लागि पनि गएका छैनन् । यसअघि उनी सप्तमी र अष्टमीका दिन काठमाडौंका शक्तिपीठहरुमा दर्शन गर्न जाने गरेका थिए ।
दसैंको शुभकामना व्यक्त
पूर्वराजा ज्ञानेन्द्र शाहले परिवर्तित समयलाई ख्याल गरेर कसैलाई पनि किनारा नलगाई सामाजिक सद्भाव र राजनीतिक समन्वयको माध्यमलाई समुचित गन्तव्य खोज्न आग्रह गरेका छन्।