गरीबीले दिक्क मोडलले फेसबुकमा लेखिन, ‘बिक्रीमा छु, खरीद गर्नुस मलाइ ‘
गुजरात, गुजरातको वडोदरामा एउटा अचम्मको मामला प्रकाशमा आएको छ, यहाँकी एक युवतीले गरिबीका कारण दिक्क मानेर सामाजिक सञ्जाल फेसबुकमा म बिकाऊ छु र जसले मलाइ खरिद गर्न चाहन्छ फोन मार्फत सम्पर्क गर्न सक्नुहुन्छ, भनेर लेखेपछि यस मामलाले निकै चर्चा पाएको छ।
बताइए अनुसार यो उनको हर्कत चर्चामा हुनुको कारण यी युवती गुजराती फिल्महरूमा एक्टिङ र मोडलिङ गर्ने भएको बुझिएको छ । उनले गरिबिका कारण यस्तो कदम उठाएको बताइएको छ ।यी मोडलले फेसबुकमा आफु बिक्रीका लागी तयारी रहेको छ, जसले आफुलाइ किन्न चाहन्छ उसले आफ्नो परिवारको मद्दत गर्नुपर्ने बताएकी छन ।
जब मोडलसंग यस मामलामा सोधियो उनले भनिन कि जब उनी कसैसंग मद्दत माग्न पुग्थिन, त्यतिबेला मानिसहरू उनको शरिरका बारेमा सोध्दथे । त्यसैले उनले पैसाका लागी आफ्नो इज्जत दाउमा लगाएकी हुन ।गुजरातकी मुख्यमन्त्री आनन्दी बेन पटेल आफैं एक महिला हुन, तर जब उनलाइ यस सम्बन्धमा सोधियो, उनले आफुलाइ यस बारेमा कुनै पनि कुरा थाहा नभएको बताएकी छन ।
भिडियो हेर्नको लागि यो तलको बक्समा थिच्नुहोस