सर्बहारा नेताको छोरालाई बिहेमा भारतीय पैसाको माला, बुहारी सुनले छपक्कै
गते विवाह गराईदिएका हुन् । स्थानिय विकास मन्त्री समेत भईसकेका मन्त्री टोप बहादुर रायमाझीको छोराको विवाहमा इन्डियन पैसाको मालाले गला भरिएको देखिन्छ भने बुहारीको गलामा भने सुनले ढाकेको प्रष्ट देखिन्छ । नेपाली सर्बहारा बर्ग र शोषित पिंडित जनताको मुक्तीको लागि भनेर नेपालमा शुरु भएको जनयुद्धमा भावना विपरित हिडिरहेको नेताहरुले पछिल्लो समयमा जनताको अगाडि दिएका आश्वासन र सम्पूर्ण क्रान्तिकारी योद्धाहरुलाई देखायको सपना सबै भुलेर आज उनिहरु आफुले बिलासिताको जिबन बिताई रहेका छन । जनतासामू गएर पाँच रुपयाँमा विवाह गर्ने कुरा गर्दै हिड्ने नेताहरुको छोराछारीको विवाह भने यस्तो हुँदो रहेछ ।
जनतालाई मुक्ति दिलाउने भनेको कम्युनिष्टहरुले नै हो, यसमा कुनै शंका छैन तर विश्वमा कम्युनिष्टहरु असफल हुनुका मुल कारणहरु मध्ये यस्ता घटना प्रधान बनेर आइरहेका छन् । कम्युनिष्ट नेताका ‘बोलिएका भनाई र देखिएका गराईमा हुन्ने आकाश पातालको भिन्नता’ पनि कम्युनिष्ट असफल हुनुका कारण हुन् । जब ‘भनाई र गराईमा भिन्नता’ आउँछ तव त्यसको आलोचना स्वभाविक हुन्छ नै । गरीब र सर्बहार बर्गहरुका लागि युद्ध लडेको बताउने माओबादी हरु के माओबादीले गरिब र सर्बहारा बर्गको लागि जो काम गरिरएको छ ? सत्य कुरा बन्नु पर्दा गरिब र सर्बहारा बर्गको साथ लिएर जो माओबादी ले युद्ध लडेको थियो। हरेक ठाउमा गरीब र सर्बहारा बर्गहरु लाइ जो प्रयोग गरेको माओबादी आज आएर तिनै गरीब र सर्बहारा लाइ जो पाखा लाएको प्ररस्त देखिंछ। गरीबहरुले आधा पेट खाएर पालेको माओबादी आज आएर गरीबको भावना माथि खेलवाड गरेको छ।