हराएको दुई लाख र सुनको गरगहना फेला पारेर धनीलाई फिर्ता..
ओएस नेपाल, मुग्लिन, १४ मंसिर । अहिलेको जमानामा हराएका सामान फेला पारेर जस्ताको त्यस्तै बुझाउने मानिस सायदै भेटिन्छ । त्यसमाथि पैसा र सुनले भरिएको व्याग हराउँदा पाउने आश प्रायः कमैमात्र हुने गर्दछ । नगद र गहना भेट्टाउनेले फिर्ता गर्ला भन्ने आश झिनो पनि हुँदैन । तर मुग्लिन बजारमा भने हराएको गहना र पैसाले भरिएको व्याग इलाका प्रहरी कार्यालय मुग्लिनले फेला पारेर धनीलाई फिर्ता दिएको छ । २ लाख नगद र सुनको गरगहना भएको व्याग प्रहरीले शनिबार दिउँसो सम्बन्धित धनीलाई फिर्ता दिएको हो । लमजुङका कुलचन्द्र सिलवाल आफ्नो भाञ्जाको टीकाटालोका लागि चाहिने गरगहना र पैसा भएको व्याग मुग्लिन बजारस्थित शिवशंकर चिया पसलमा छोडेका थिए । उनी टीकाटालोका लागि भरतपुर आउनेक्रममा मुग्लिन बजारमा झरेर चिया पसलमा चिया खानेक्रममा व्याग छोडेका थिए । हराएको करिब ३ घण्टापछि गहना र पैसाले भरिएको व्याग सिलवालले हात पारे । मुग्लिन प्रहरीले उनलाई बोलाएर जस्ताको त्यस्तै व्याग बुझाएको छ । व्याग हराएपछि सिलवालले मुग्लिनमा जानकारी दिएका थिए । जानकारी पाएपछि प्रहरीले सोही होटेलमा गएर व्याग लिएको थियो । ‘छुटेको ठाउँमा व्याग रहेछ, इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीÔक एकनारायण कोइरालाले भने, ‘सामान छोडेको खबर पाउने बित्तिकै टोली पठाएर खोजी गर्दा छोडिएकै ठाउँमा उक्त सामान भेटाउन सफल भइयो ।’
भिडियो हेर्नको लागि यो तलको बक्समा थिच्नुहोस