दुबर्इमा हृदयघातबाट नेपालीको ज्यान गयो
काठमाडाैं : दुबर्इमा हृदयघातबाट एक नेपाली युवाको शनिबार बिहान ज्यान गएको छ । दुबर्इको मफ्रक सिटीस्थित मिडलईष्ट कम्पनीमा सुरक्षागार्ड गर्दै आएका अर्घाखाँचीका दीपेन्द्र शाही धामीको हृदयाघातबाट ज्यान गएको हो ।
उनीसँगै कार्यरत हरि श्रेष्ठका अनुसार धामी १५ महिना अघि दुबर्इ आएर सुरक्षागार्डको काम गरिरहेका थिए । उनका परिवार काठमाडौंमा रहेका छन् । ११ महिनाअघिमात्रै उनका पिताको पनि निधन भएको थियो । धामीका पत्नी, एक छोरी, आमा र दुर्इजना भाइ रहेका छन् । धामीको शव पोष्टमार्टमका लागि प्रहरीले अस्पतालमा राखेको छ ।