सौराहामा सञ्चालकसहित तीन जोडी पक्राउ


ओएस नेपाल, चितवन, ८ पौष । केही दिनअघि व्यवसायीबीचको झगडा सेलाउन नपाउँदै सौराहामा पुनः अर्को अवैध धन्दा भएको प्रहरीले फेला पारेको छ ।

सौराहास्थित नेवा लजबाट इलाका प्रहरी कार्यालय टाँडीले सोमबार राति ३ जोडीलाई अवैध काममा संलग्न रहेको अवस्थामा पक्राउ गरेको छ । साथै प्रहरीले लजका संचालक विकास श्रेष्ठलाई पनि पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । अवैध काममा संलग्न हुनेहरु युवाजति चितवनका छन् भने युवतीहरु कास्की, सुनसरी र कैलालीमा रहेका इप्रका टाँडीले जनाएको छ । सौराहामा पछिल्लो समय वेश्यावृत्ति बढेको भन्दै यसको नियन्त्रणका लागि चितवन प्रहरी सक्रिय भएर लागेको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले पक्राउ परेकालाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेकोे बताए । चितवनमा पर्यटकीय नगरी सौराहामा केही समयदेखि यौन पेसामा लागेका व्यक्तिहरु सुरक्षित रहन र प्रहरीले पर्यटन क्षेत्र भनेर खासै चासो नदिने कारण अवैध धन्दा वृद्धि भएको आरोप लाग्दै आएको थियो ।



,

प्रतिक्रिया दिनुहोस्...