चार हात–चार खुट्टा भएको बच्चा जन्मिएपछि भारतमा यसरि हंगामा मच्चियो


एजेन्सी । भारतको पश्चिम बंगालस्थित बरुइपुरमा चार हात तथा चार खुट्टा भएको अनौठो बालक जन्मिएपछि त्यहाँ हंगामा मच्चिएको छ । मानिसहरुले साक्षात ब्रम्हा भगवानको पुनर्जन्म भएको भन्दै त्यो बच्चालाई हेर्न हजारौं मानिसहरुको भीड भएको छ । 

चार हातपाउ भएको बच्चा र्इश्वरको अवतार भएको विश्वासमा टाढा–टाढासम्मका गाउँलेहरु समेत बरुइपुरमा बच्चा हेर्न आएको बताइएको छ । जसका कारण बरुइपुर सहरका सडकमा मानिसको भीड लाग्यो र भिड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे–हम्मे परेको छ । अस्पतालमा रहेको उक्त बच्चाको दर्शन गर्न दिनुपर्ने भन्दै मानिसहरु अस्पताल बाहिर नारावाजी गर्दै भजनकिर्तन समेत गरेका छन् । 

चारचार वटा हातपाउ भएको त्यो बालकको नाम नै र्इश्वर बालक राखिएको छ । छिमेकमै भगवान जन्मिएको भन्दै त्यो बच्चाका छिमेकीहरुले खुसी मनाइरहेको बताइएको छ । विज्ञहरुका अनुसार त्यो बच्चा र्इश्वरको स्वरुप नभइ भ्रुणको विकाशका क्रममा भएको असन्तुलनको परिणाम हो । 

पाठेघरमा भएका दुइ भ्रुणमध्ये एउटा राम्रोसँग विकशित हुन नसक्दा अर्को भ्रुणमा टाँसिन पुग्दा यस्तो हुने विज्ञहरुको भनाइ छ । बच्चाका अतिरिक्त हातखुट्टाहरु अविकशित जुम्ल्याहाका हातखुट्टा हुन् । तर मानिसहरुले भने ती साक्षात भगवानको हातपाउ भनि बच्चाको दर्शन गर्न व्यग्र प्रतिक्षा गरिरहेको बताइएको छ ।





,

प्रतिक्रिया दिनुहोस्...