अमेरिकी डलर फेरी बढ्न थाल्यो


विजय घिमिरे/अमेरिकी डलरको मूल्य नेपाली रुपैंयासंग फेरी बढ्न थालेको छ । केही महिनासम्म रुपैंयासंग झण्डै १०० भन्दा तल स्थिर रहेको डलर यो साता देखि बढ्न थालेको हो । विश्व बजारमा तेल मूल्यमा आएको भारती गिरावट, यसले रुसमा आर्थिक सङ्कट र रुवल अवमूल्यन हुनु, चीनको औद्योगिक उत्पादन वृद्धिमा कमी, भारतको सेयर बजारमा गिरावट लगायतका कारणले विश्व बजारमा डलर माग बढेको छ । यही कारण डलर मूल्य बढेको हो ।

विदेशी पैसाको व्यवस्थापन गर्ने केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैङ्कले बुधवारका लागि प्रति डलर बिक्री दर अर्थात् डलर बैङ्कलाई दिदां पाइने रुपैंया १ सय १ रुपैंया ३६ पैसा तोकेको छ । यो झण्डै १ वर्ष यताको सबैभन्दा उच्च दर हो । यो दर अनुसार एक हजार अमेरिकी डलर नेपाल पठाउंदा करिब १ लाख रुपैंया पाइने छ । अमेरिकी डलर एक सय नाध्यो अझै वढ्छ कि, अहिले नै नेपाल पठाउंदा हुन्छ ? अमेरिकामा बस्ने नेपालीले पटक पटक यो प्रश्न गर्छन् । डलर मूल्य पहिलो पटक तीन अंकमा उक्लिएकाले पनि भविष्यमा हुने मूल्य बारे चासो बढ्नु स्वभाविक हो । तर, नेपालमा भारतीय अर्थतन्त्र र भारतीय रुपैंया र डलर बिचको सटही दरसंग डलरको मूल्य निर्भर हुन्छ । भारतको केन्द्रीय बैङ्क रिजर्भ बैङ्क अफ इन्डियाले लिने नीतिले आउने दिनमा डलर मूल्य तय हुने छ । रुसको आर्थिक सङ्कट कस्तो हुन्छ यसमा भारतको अर्थतन्त्र निर्भर छ । रुसको आम्दानीको मुख्य स्रोत तेल हो । तेलवाट रुसको सरकारी राजस्वमा ६० प्रतिशत हिस्सा हुन्छ । तेलको मूल्य ६ महिना यता झण्डै ४० प्रतिशतले कमी आएको छ । यही कारण रुसको अर्थतन्त्र सङ्कटमा परेको हो । रुसी मुद्रा रुवल मूल्यमा यससाता भारी गिरावट आयो । रुसमा सर्वसाधारणहरु डिपार्टमण्ट स्टोरमा फ्रिज, वासिंग मेसिन जस्ता वस्तु किन्न भिड मिडिया रिर्पोट छ । त्यहाँ एप्पलले इन्टरनेट मार्फत आईफोन बिक्री बन्द गरेको छ । केही कार कम्पनीलेपनि आफ्नो डिलरवाट बिक्री रोकेका छन् । डलर महँगो भयो , यो विदेशमा आर्थिक आर्जन गर्ने नेपालीका लागि भने फाइदाजनक हुन्छ । डलर महँगो हुदां नेपाल पठाउने र सस्तो हुदां यहाँ ल्याउने गर्न सक्यो भने फाइदा हुन्छ । तर, यसरी पैसा यता उता गर्दा लाग्ने शुल्कलाई भने हिसाब गर्नु पर्छ । डलर महँगो भएको वेला नेपालमा लगानी गर्दा बढी फाइदा हुन्छ । सेयर ब नेपालमा घर जग्गा, सेयर खरिद लगायत विभिन्न क्षेत्रमा लगानी गर्ने पनि यही उपयुक्त समय हो । विदेशमा पैसा छ देशमा लगानी गर्ने योजना हो भने यो अवसर छोप्नु उपयुक्त हुन्छ । लगानी गर्दा त्यहाँ नाफा भएपछि कसरी फेरी विदेश ल्याउन भने कानुन सकिदैंन । यसमा भने ख्याल गर्नु पर्छ । अमेरिका, युरोप जस्ता विकसित देशमा बैङ्कमा पैसा बचत गर्दा नाममात्रको ब्याज पाइन्छ । यो भन्दा नेपाली बैङ्कमा बचत गर्ने हो भने बढी लाभ लिन सकिन्छ । वाणिज्य बैङ्कले हाल बचतमा झण्डै ६ प्रतिशत हाराहारीमा ब्याज दिदैं आएका छन् । यो पनि राम्रो प्रतिफल हो । विदेशी बैङ्कमा बचत गर्नु भन्दा अहिले नेपालका बािणज्य बैङ्कमा पैसा राख्नु वुद्धिमानी हुने छ । नेपालका प्राय सबै बािणज्य बैङ्कमा पैसा राख्नु सुरक्षित नै छ । वाणिज्य बैङ्क टाट उल्टिई पैसा फिर्ता पाईंदैन कि भनेर डराउनु पर्ने अवस्था अझै छैन । डलर वृद्धिले सबैभन्दा मर्कामा व्यवसाय नहुने र विदेशबाट आउने पैसा रेमिट्यान्स नपाउने परिवारलाई पर्छ । नेपाल आयातमा निर्भर छ । अधिकांश आयातित वस्तु महँगो हुने छन् । सुन देखि मोटर गाडी र लत्ता कपडा सम्म किन्न बढी मूल्य तिर्नु पर्ने छ । डलरसंग चिनिया मुद्रा युआन वढेकाले चीनबाट आउने सस्ता समान समेत मंहगो पर्ने छ । महँगो डलरका कारण विदेशबाट बढी पैसा जाने छ । यसले नेपाली मुद्रा बजारमा पैसा प्रवाह बढाउंछ । पैसा धेरै हुदां मूल्य वृद्धि हुन्छ । पैसा हातमा हुदांसम्म उपभोक्तामा मोलमोलाई गरी किन्ने, किफायती गर्ने धैर्यता कम हुन्छ । पैसा हुनेले त महँगो परेपनि उपभोग्य वस्तु किन्न सक्लान नहुनेले के गर्ने ? न्यून आय भएका विदेशबाट रेमिट्यान्स प्राप्त नगर्ने वर्गलाई आउने चाड मनाउन अझ सकस पर्ने छ । न्यून र मध्यम आय हुने वर्गले कृषि, पशपालन व्यवसाय गरेर राम्रो आम्दानी गर्ने सक्ने अवसर भने छन् । यसमा जाँगर भने चलाउनु पर्छ ।




प्रतिक्रिया दिनुहोस्...