अब सबै मान्छेको आयु १ सय २० वर्ष
मानिसको लामो समयसम्म बाँच्न चाहालाई साकार बनाउन अनुसन्धानमा लागेका वैज्ञानिकहरु सफलताको नजिकको उल्लेख गरिएको छ ।
अनुसन्धानमा संलग्न रुसी वैज्ञानिकहरुको प्रयासले सफलता हासिल गरेमा मानिसको आयु १ सय २० वर्षसम्म हुनेछ ।
अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले अब १ सय २० वर्षे आयु लिएर बाँच्न सकिने दिन टाढा नभएको दाबी समेत गरिसकेका छन् ।
मानिसको आयु लामो बनाउनका लागि रुसको मस्को स्टेट युनिभर्सिटीका वैज्ञानिकहरुको एक टोलीले एन्टी अक्सिडेन्ट तत्वको परीक्षण गरिरहेका छन् ।
जसको कारण उमेर छिप्पिने गतिलाई सुस्त पार्न सकनिे वैज्ञानिकहरुको भनाइ छ ।
अनुसन्धानका क्रममा बैज्ञानिकको टोलीले एन्टीअक्सिडेन्ट युक्त क्याप्सुलको परीक्षण मुसा, माछा तथा कुकुरमा सफल भइसकेको समेत बताएका छन् ।
वैज्ञानिक टोली संलग्न एक डाक्टर म्याक्सिम स्कुलाचेभकाले बताए अनुसार अनुसन्धानमा रहेको एन्टी अक्सिडेन्टले शरीरमा उर्जा प्रदान गर्ने कोषीय भाग माइटोकोन्ड्रियाको कार्यप्रक्रियालाई नियन्त्रित गर्दछ ।
बैज्ञानिकहरुका अनुसार माइटोकोन्ड्रियाको गडबडीलाई नै मानिसमा बुढ्यौली, हृदयाघात तथा विभिन्न खाले रोगले च्याप्ने भएकाले यसलाई सुस्त बनाउन सके मानिसको आयु १ सय २० वर्ष पुग्न सक्ने बताएका हुन् ।
अनुसन्धानमा संलग्न वैज्ञानिकले बुढ्यौली प्रतिरोधी औषधिको निर्माण प्राविधिक रुपमा सम्भव भएकाले अनुसन्धान सफल हुने समेत बताएका छन् ।