कतारस्थित निर्माणाधिन रंगशालामा ४ सय नेपालीको मृत्यु


काठमाडौं, पुस ३– प्रवासी श्रमिकको पक्षमा आवाज उठाँउदै आएको संस्था विडब्लु आइले नेपालमा दिनहुँ नेपाली श्रमिकको वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने क्रम बढेपनि राज्य गम्भीर नभएको आरोप लगाएको छ ।


अन्र्तराष्ट्रिय श्रमिक दिवस डिसेम्बर १८ को अवसर पारेर विहिवार पत्रकार सम्मेलन गर्दे अन्र्तराष्ट्रिय श्रमिकको हक हितका लागि काम गर्दे आएको संस्था विडब्लु आईका संयोजक जे.बी गुरूङले श्रमको सिलसिलामा विदेशिन बाध्य भएका नेपालीहरुको अवस्था अत्यन्त दयनीय भएकाले त्यसप्रति सरकार गम्भिर बन्नुपर्नेमा जोड दिए ।

बेलायतबाट प्रकाशन हुने अन्र्तराष्ट्रि«य पत्रिका द गार्जियनमा प्रकाशित पछिल्ला रिपोर्टअनुसार सन् २०२२ मा कतारमा हुुने विश्वकप फुटवलको रंगशाला निर्माणमा २०१० देखि २०१३ सम्म ४०० नेपालीले समेत ज्यान गुमाएको उनले सो अवसरमा उल्लेख गरे । उनले भने—‘यहि अनुपातमा मृत्युदर जाने हो भने निर्माण संकिदाँसम्म चार हजार श्रमिकले ज्यान गुमाउने प्रायः निश्चित छ ।’

पछिल्लो समयमा नेपाली महिलाहरू समेत विदेशीने दर अत्याधिक वृद्धि भैरहेको बताउँदै उनीहरु विदेशमा यौन हिंशा, दुव्र्यवहार र उत्पीडनमा परेकोले तत्कालिन सन्दर्भमा राज्यस्तरबाटै तत्काल ध्यान दिन आवश्यक रहेको गुरुङले जोड दिए ।




प्रतिक्रिया दिनुहोस्...