पेसावरमा आमसंहारः घडीको घण्टी नबज्दा जसको ज्यान जोगियो


पेसावर, पुस ३ – दाउद इब्राहिम यतिबेला आफ्नो आर्लाम घडी काम नगरेकोमा धन्यवाद दिँदै छन्, किनभने घडी काम नगर्दा उनी धेरै सुते र स्कूल जान पाएनन् जहाँ तालिवानले सयौं विद्यार्थीहरुको आमसंहार गरे ।१५ वर्षीय दाउद यतिबेला पेसावरको आर्मी पब्लिक स्कूलको कक्षा ९ का एक मात्र जीवित विदार्थी बनेका छन् । मंगलबार भएको हमलामा तालिवानले उनका सबै समकक्षीहरुलाई एक–एक गरेर हत्या गरे ।यसबारे खबर तब बाहिर आयो जब एक जनाले ट्वीट गरे, ‘अब आर्मी पब्लिक स्कूलको कक्षा ९ मा कोही पनि छैन …… दाउद,१५, एक मात्र बाँचेका छन् ।’

दाउदका दाई सुफयान इब्राहिमले पाकिस्तानको द एक्सप्रेस ट्रिब्युनसँग कुरा गर्दै यसको पुष्टि गरेका छन् । ‘यो भाग्य नै थियो । उनको कक्षाबाट कोही पनि बाँचेनन् । हरेकलाई मारियो,’ उनले भने ।सबै विद्यार्थीहरुलाई एक आत्मघाती हमलावारले बमले मारेको आशंका गरिएको छ ।‘घटनाको अघिल्लो दिन दाउद एक जनाको अन्तेस्टीमा सहभागी थिए, त्योभन्दा अघिल्लो दिन उनी विहेमा सहभागी थिए,’ सुफयानले भने ।
आर्मी स्कूलमा भएको हमलामा १ सय ३२ जना विद्यार्थी र ९ शिक्षक÷शिक्षिकाको ज्यान गएको छ ।त्यस्तै घटनाबाट बाँच्न सफल अर्का विद्यार्थी, १३ वर्षीय इसान इलाही, ले आफू मरेको जस्तै अभिनय गरेको बताएका छन् । ‘हमलावरले कक्षामा गोलीको वर्षा गरेर त्यसलाई रगतको पोखरी बनाइदिए,’ डेली मेलसँग कुरा गर्दै इसानले बताए ।
कक्षा ८ का विद्यार्थी इसानका अनुसार घटना सुरु हुँदा उनीहरु प्राथमिक उपचारबारे प्रशिक्षण लिइरहेका थिए । त्यति बेला गोली आवाज आएपछि सबैजना अतालिएको उनी बताएँछन् । ‘प्रशिक्षक तथा शिक्षकहरुले नअत्तालिन भने गोलीको आवाज नजिक आउँदै गयो,’ उनले त्यतिबेलाको खौफनाक स्थिति बयान गरे ।त्यतिकैमा झ्यालहरुमा गोली हानियो र ढोकामा लात हान्न थालियो । यति हुँदा हलमा रहेका १ सय जना विद्यार्थीमा कोलाहल मच्चियो । सबै जना लुक्न खोजे तर त्यहाँ केही थिएन । ‘सबै जना रोइरहेका थिए,’ उनले भने ।
‘म त्यहाँ भएको एउटा कुसीको पछाडि गएर सुते,’ इसानले भने, ‘हमलावरहरुले गोलीको वर्षा गरे । सबैभन्दा पहिले हाम्रो प्रशिक्षक ढल्नुभयो, त्यसपछि मेरा साथीहरु पनि ढलेको देखें । उनीहरुको खुन र शरीरका अंग मेरो शरीरमाथि खस्दै थियो ।’इशानका अनुसार यो क्रम करिब १० मिनेटसम्म चल्यो । ‘त्यतिमा मेरो दाहिने हातमा दुई गोली लाग्यो । म रुन चाहन्थे तर त्यसको मतलब थियो, मृत्यु,’ उनले दर्दनाक स्थितिको बयान गरे। सबै मरेको ठानेर उनीहरु हलबाट बाहिरिए ।पछि पाकिस्तानी सेना आएर उनको उद्दार गरे ।





प्रतिक्रिया दिनुहोस्...