गुडिरहेका बसमा ११ हजार भोल्टको करेन्ट, ४ को मृत्यु
६ पुस, चौतारा । सिन्धुपाल्चोकको बराम्चीमा गुडिरहेको बसमा ११ हजार भोल्टको तारबाट करेन्ट प्रवाह हुँदा चार जनाको मृत्यु भएको छ ।
विद्युत् खम्बाको दूरी टाढा भई तार झोलिएको तारले काठमाडौंबाट सिन्धुपाल्चोकको कात्तिके जाँदै गरेको ना २ ख २७०२ नम्बरको बसमा छोएको थियो ।
प्रहरीका अनुसार घटनामा बतासे-३ की ७० वर्षीया मनमाया भुजेल, पाङ्ताङ-८ की ४५ वर्षीया सर्किनी स्याङ्वो, गोल्चे-४ का ४५ वर्षीय रेखबहादुर स्याङ्वो र गुम्बा गाविस-६ का २५ वषर्ीय कामी भन्ने विकास तामाङको मृत्यु भएको छ ।
घटनामा घाइते भएका आठ यात्रुलाई काभ्रेको धुलिखेल अस्पताल ल्याइएको छ । बसमा करिब ५५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।
