महिला ले लगाउने ब्रा लगाउने तरिका नमिल्दा क्यान्सर सम्म हुन् सक्छ ….
ब्रा लगाएको तरिका नमिल्दा छाती दुख्ने, स्वाशप्रश्वासमा समस्या, गर्धनदुख्ने, ढाड दुख्ने, कुम दुख्ने, शारीरिक बनावटमा असर, स्तन कोषिकालाईहानि पुर्याउने, शरीरमा असहज हुनुको साथै चिलाउने र दुख्ने…
काठमाडौं ।
माइती नेपालको सभाकक्ष । त्यहाँ भरिभराउ थिए, महिला। सधै हुनेकार्यक्रमभन्दा बुधबारको कार्यक्रम अलि भिन्न थियो। विषय अलि उपयोगीभएकाले पनि होला, सबैमा भिन्नै प्रकारको उत्सुकता देखिन्थ्यो। अतिथिकोरूपमा त्यहाँ आएकी एक महिलाले धमाधम आफ्नो सुटकेसबाट विभिन्न प्रकारकाब्राहरू झिकेर तीनका बारेमा भन्न थालेपछि उनीहरूका ध्यान अझै बढी त्यसैतर्फकेन्द्रित भयो।
गत तीन साताअगाडि अस्ट्रेलियाबाट आएकी ब्युटी थेरापिस्ट एवं लन्जरीएक्सपर्ट आरती शाक्यले विभिन्न खाले ब्रा र तिनलाई सही तरिकाले नलगाउँदाशरीरमा पुर्याउने असरका बारेमा उनीहरूलाई बताइन्। सुरुमा त अलि लाजमानेजस्तो गर्ने महिलाले पनि विस्तारै ब्रा छान्दा वा लगाउँदा आफूले भोगेकासमस्या खुलेर बताए। यसअघि पनि अन्य संस्थाका महिलामाझ उपयुक्त भित्रीपहिरन नलगाउँदा यसले शरीरलाई पुर् याउने असरको बारेमा जानकारी गराउँदासहभागीले आफूले पाएको ज्ञान आफ्ना छोरी, दिदीबहिनी, भाउजू, आमा सबैलाईसिकाउने प्रतिक्रिया दिएका थिए।काठमाडौं ।
माइती नेपालको सभाकक्ष । त्यहाँ भरिभराउ थिए, महिला। सधै हुनेकार्यक्रमभन्दा बुधबारको कार्यक्रम अलि भिन्न थियो। विषय अलि उपयोगीभएकाले पनि होला, सबैमा भिन्नै प्रकारको उत्सुकता देखिन्थ्यो। अतिथिकोरूपमा त्यहाँ आएकी एक महिलाले धमाधम आफ्नो सुटकेसबाट विभिन्न प्रकारकाब्राहरू झिकेर तीनका बारेमा भन्न थालेपछि उनीहरूका ध्यान अझै बढी त्यसैतर्फकेन्द्रित भयो।
अझै पनि भित्री पोसाकको बारेमा खुलेर बताउन चाहँदैनन् यहाँका महिला। तरभित्री पोसाकको सम्बन्ध शारीरिक सौन्दर्यमा मात्रै नभई स्वास्थ्यसँग पनिगाँसिएका हुनाले विशेषगरी आमाले आफ्नो छोरीलाई राम्ररी बुझाउनुपर्ने फेसनपरामर्शदातासमेत रहेकी आरतीको सुझाउ छ।
विश्वमा हरेक दिन प्रत्येक तीनमा एक महिलाको मृत्यु स्तन क्यान्सरकैकारण हुने विभिन्न अनुसन्धानले देखाएको छ। यसरी स्तन क्यान्सर गराउनेकारणमध्ये अनुपयुक्त तरिकाले लगाइने ब्रा पनि भएको आरतीको भनाइ छ। कस्सिएकोब्रालाई चौबीसैघन्टा लगाइरहँदा यसले शरीरमा रक्त सञ्चारमा प्रभाव पार्नुकोसाथै विषाक्त पदार्थहरू एकै ठाउँमा जमिरहँदा क्यान्सरसमेत हुने सक्नेबेलाबेलामा हुने विभिन्न अध्ययनले समेत पुष्टि गरेको छ।
विदेशमाग्राहकले ‘अप्वाइन्टमेन्ट’ लिएरमात्रै ब्रा किन्न जाने गर्छन्। ग्राहककोस्तनको आकार प्रकार, उनको शारीरिक बनावट र उनले कस्ता पहिरन लगाउँछिन्भन्ने बारेमा सम्पूर्ण जानकारी लिएपछि मात्रै उनका लागि उपयुक्त ब्राबेच्ने गरिन्छ। तर नेपालमा भने यस्तो चलन छैन।
हुन त अहिले नेपाली बजारमा विश्वका जुनसुकै कुनाका सामान पनि पाइन्छ। तरपनि त्यसलाई बिक्री गर्ने मान्छेमा त्यसबारेमा जानकारी नहुँदा उनीहरूलेग्राहकलाई बुझाउन सक्दैनन्।
झन्ब्रा किन्न जाँदा त आफ्नो छातीको नापबाहेक अन्य कुनै पनि पक्ष वास्तानगर्ने र खासै ट्रायल पनि नगरिने हुनाले सामान ग्राहकले खोजेजस्तो नहुनसक्छ। ‘मैले सोधेको थिएँ भन्न लाज माने’ काठमाडौंका पसलहरूमा ब्राको बारेमासोध्न जाँदा त्यहाँ बसेका पुरुषले आरतीलाई केही जानकारी दिएनन्।
तर महिलाको दैनिक प्रयोगसँग गाँसिएको वस्तु भएकाले लाज मान्ने प्रवृत्तिहटाएर ब्रा किन्नेले पनि आफूलाई लागेको जिज्ञासा सोध्ने र बेच्नेलेस्वस्थ्य र सौन्दर्यको दृष्टिकोणबाट पर्ने प्रभावको बारेमा राम्ररीबुझाउनुपर्ने उनको भनाइ छ।
लगाएको तरिका नमिल्दा
– छाती दुख्ने
– स्वाशप्रश्वासमा समस्या
– गर्धन दुख्ने
– ढाँड दुख्ने
– कुम दुख्ने
– शारीरिक बनावटमा असर
– स्तन कोषिकालाई हानि पुर्याउने
– शरीरमा असहज हुनुको साथै चिलाउने र दुख्ने
सुझाउ
– किशोरी अवस्थादेखि नै ब्रा लगाउनुपर्छ। यस अवस्थामा स्तनको विकास हुनेभएकाले धेरै कसिने र तारयुक्त ब्रा लगाउनु हुँदैन। बरू अलि ठूलो भए केहीफरक पर्दैन।
– प्रत्येक दिन लगाउँदा टिसर्ट ब्रा लगाउनुपर्छ। यसको बाहिरी भाग सादा रचिप्लो हुने हुनाले यसको बाहिर साधा वा बुट्टेदार दुवै खालका लुगा लगाउनसकिन्छ।
– कुनै पनि व्यायाम गर्दा वा खेल खेल्दा स्पोर्ट्स ब्रा लगाउँदा सजिलो हुन्छ।
– कुनै पनि पार्टीमा जाँदा पुस अप ब्रा लगाए यसले स्तनलाई माथि उठाएर शरीरलाई हट एन्ड सेक्सी लुक दिन्छ।
– गर्भवती भएको तीन महिनासम्म सामान्य ब्रा नै लगाए हुन्छ। तर यसपछि भनेम्याटरनिटी ब्रा लगाए राम्रो हुन्छ। यसमा सातवटा क्लिप हुन्छ। महिनैपिच्छेशरीरको तौल र आकार बढ्दै जाने हुँदा त्यही अनुरूपक्लिपले ब्रालाई ठूलोबनाउँदै लैजान सकिन्छ।
– गर्भवती अवस्थामा तार भएको टाइट ब्रा लगाउनुहुन्न। यसले स्तनका नसाहरूथिचिएर त्यसको विकासमा पनि असर गर्नुको साथै सुत्केरीपछि दूध उत्पादनमापनि समस्या हुन्छ।
- सुत्केरी अवस्थामा पनि क्लिप फुकालेर दूध खुवाउन मिल्ने ब्रा लगाउनुपर्छ।
– ब्रा किन्दा राम्रोभन्दा पनि सजिलो र आडिलो रोज्नुपर्छ। त्यसैगरी आफ्नो स्तनको कप साइजमा पनि ध्यान दिनुपर्छ।
– ब्राको फित्ता बढी कस्सिएमा पाखुरा झमझम हुने, नीलो डाम बस्ने, ढाड दुख्ने हुनाले नरम फित्ता भएको रोज्नुपर्छ।
– ब्रा लगाउँदा एउटा फित्ता बढी कस्ने र अर्को हल्का गर्दा यसले स्तनकोआकारलाई पनि सानो ठूलो देखाउने हुनाले दुवैलाई बराबरी कस्नेमा ध्यानदिनुपर्छ।
– ठूला स्तन हुनेहरूले मोटो फित्ता भएको ब्रा लगाउँदा यसले बढी आड दिन्छ।
– संवेदनशील छालामा ब्रा लगाउँदा चिलाउने र पोल्ने भएकाले सकेसम्म कटनकै ब्रा रोज्नु राम्रो हुन्छ।
– स्तन क्यान्सर भएका व्यक्तिहरूले तार भएको ब्रा नलगाउने। त्यसैगरी नाइलनको ब्रा पनि राम्रो हुँदैन। सधैं कटनकै ब्रा लगाउनुपर्छ।
– शरीर ज्यादै मोटो भएर ब्रा ठीक भएन भने ब्रा एक्सटेन्डरलाई त्यसमा जोडेर लगाउन सकिन्छ।
– शल्यक्रिया गरेर स्तनलाई ठूलो देखाउँदा यसले पछि नराम्रो असर पार्नेहुनाले स्तनको आकारलाई ठूलो देखाउन दुई सय प्रतिशत बुस्ट ब्रा लगाउनसकिन्छ।
– कसैको निप्पल ठूलो भएर ब्रा लगाउँदा पनि बाहिर आकार देखिन्छ भने पहिले निप्पल सिल लगाएरमात्रै ब्रा लगाउनुपर्छ।
ब्रा बारे के भन्छिन, आरती?
करिव १८ वर्षअगाडि कम्प्युटर पढ्न अस्ट्रेलिया गएकी काठमाडौंकी आरतीशाक्यको मन त्यहाँ गएपछि बदलियो। उनले मेकअप आर्टिस्टको रूपमा आफ्नो करिअरसुरु गर्न सौन्दर्यकलासम्बन्धी दुई वर्षको डिप्लोमा गरिन्। धमाधम यसैविषयमा अन्य दुईवटा डिप्लोमा समेत गरेर उनले ब्युटी थेरापिस्टको रूपमा कामगर्न थालिन्।
भित्री पहिरनमा भने आरतीले विगत आठ वर्षदेखि सिड्नीको चर्चित स्टोर ‘मायर’ मा लन्जरी एक्सपर्टको रूपमा काम गरिरहेकी छन्। सिड्नीमा भएकाविभिन्न सौन्दर्य प्रतियोगितामा पनि काम गरिसकेकी आरती त्यहाँका विभिन्नअनलाइन र पत्रिकामा ब्युटी र फेसनसम्बन्धी लेखहरू लेख्ने गर्छिन्।बेलाबेलामा नेपाल आएर यहाँका महिलामाझ स्वास्थ्य र सौन्दर्य सचेतना जगाउनुउनको चाहना हो। -अन्नपूर्ण पोस्ट रामकला खड्का