कलिलो उमेरमा आमा वन्नेको संख्या यसरि बढ्यो ...
सल्यान, मंंसिर २१ । जिल्लामा सानै उमरेमा आमा वन्नेको संख्यामा बृद्धि आएको छ । विस पारी विहेवारी भन्ने सरकारी नीति भएपनि जिल्ला अस्पताल सल्यानमा सुत्केरी हुने मध्ये ५० प्रतिशत २० वर्ष उमेरमूनिका किशोरी सुत्केरी भएको तथ्यांक रहेको छ ।
अशिक्षा, जनचेतनाको कमी र देखासिकीले बालविवाह गर्दा सुत्केरी हुने किशोरीको संख्या बढेको जिल्ला स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । आ.ब. २०७०/७१ मा २ हजार ३ सय सुत्केरी भएकोमा १ हजार २ सय २८ बिस बर्ष मुनिका किशोरी रहेको स्वास्थ्य प्रमुख डा.श्रीराम तिवारीले भने– जिल्लामा रहेका ३६ वटा प्रसुती केन्द्र , दुई स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा दक्ष महिला स्वास्थ्यकर्मीबाट सुत्केरी गराईन्छ ।
जसमा घरमा ६० र स्वास्थ्यसस्थामा ४० प्रतिसत सुत्केरी हुने गरेका छन् । गत वर्ष ६ हजार गर्भबती थिए । जसमा २ हजार ४८ मात्र सुत्केरी भएका थिए । त्यसमा १० प्रतिसत खेर, १० असामान्य थिए भने ५ प्रतिसतको अप्रेसन गरिएको थियोे । तिवारीले भने, उमेर नपुगी सुत्केरी भएका किशोरीमा पाटेघर खस्ने, पिसाब चुहिने बच्चा ख्याउटे हुने समस्या बढेको छ ।
जिल्ला अस्पतालमा मात्र मासिक ७० जनासम्म सुत्केरी हुने गरेका र त्यसमा २० बर्ष मुनिका ३५ जना सम्म पुगेको महिला स्वास्थ्यकर्मीले बताए । रेकर्डमा सबैभन्दा कम उमेरमा सुत्केरी हुने १५ वर्षसम्म छ । बालबिबाहको अन्त्य नहुँदासम्म सानो उमेरमा सुत्केरी हुनेको सख्या घट्दैन, उनले बताए ।