मोबाइलमा गरिने लामो कुराकानीले मस्तिष्कलाई हानिपुग्ने
एक अध्ययन अनुसार मोबाइलमा गरिने लामो कुराकानीले मस्तिष्कलाई विकारग्रस्त बनाइरहेको हुन्छ । स्विडेनको ओरेब्रोकी हस्पिटलमा गरिएको र प्याथो साइकलोजी जर्नलमा प्रकाशित एउटा अध्ययनमा यस्तै दाबी गरिएको छ । यस्तो निष्कर्षमा पुग्नुअघि अनुसन्धाताहरूले म्यालिग्नेन्ट ब्रेन टयुमरु बाट प्रभावितहरूले मोबाइलमा गर्ने कुराकानीको अध्ययन गरेका थिए । त्यसपछि उनीहरूले भनेका छन् मोबाइलमा धेरै समय गफिनेहरूको मस्तिष्कमा खतरनाक ब्रेन क्यान्सर ग्लिओमा विकसित हुन सक्ने समेत जोखिम रहेको छ । जुन व्यक्ति २५ वर्षभन्दा बढी समयदेखि कर्डलेस वा मोबाइल फोनमा कुरा गर्दै आएका छन्, उनीहरूमा यसको उपयोग नगर्ने वा एक वर्षभन्दा कम समयसम्म यसको उपयोग गर्नेहरूको दाँजोमा तीनगुणा बढी ब्रेन टयुमर विकसित हुने गरेको पनि सो अध्ययनले देखाएको छ । यस अध्ययनअन्तर्गत म्यालिग्नेन्ट ब्रेन टयुमर भएका १ हजार ३ सय ८० बिरामीको तुलना यस्ता टयुमर नभएका व्यक्ति र उनीहरूको फोन उपयोगसँग गरियको थियो ।