१४ यात्रुको ज्यान लिने ड्राईभरको लाइसेन्स नक्कली
फोटो :देवचन्द्र भट्ट (१४ यात्रुको ज्यान जाने गरी दुर्घटनामा परेको बस)
मालिकलार्इ मार्न दुर्घटना गराएको बयान
नुवाकोट : १४ यात्रुको ज्यान जाने गरी नुवाकोटको बेलकोटस्थित अारकोटे भिरमा बस दुर्घटना गराउने एक ड्राइभरको चालक अनुमति पत्र (नक्कली) भएको खुलासा भएको छ ।
पासाङल्हामु मार्ग अन्र्तगत त्रिशूली–काठमाडौ सडकखण्डस्थित नुवाकोटको बेलकोट नजिकै आरकोटे भीरमा कात्तिक ७ मा भएको बस दुर्घटनामा १४ जनाको ज्यान गएको थियो । ६० बढी यात्रु घाइते भएका थिए ।
पासाङल्हामु मार्ग अन्र्तगत त्रिशूली–काठमाडौ सडकखण्डस्थित नुवाकोटको बेलकोट नजिकै आरकोटे भीरमा कात्तिक ७ मा भएको बस दुर्घटनामा १४ जनाको ज्यान गएको थियो । ६० बढी यात्रु घाइते भएका थिए ।
सडकबाट एकसय ५० मिटर तल भीरमा खसेर दुर्घटना भएको बा २ ख २२६६ नम्वरको यात्रुवाहक बसका चालकले नक्कली लाइसेन्स लिएर बस गुडाएको अनुसन्धानबाट खुलेको हो ।
बस दुर्घटना गराउने नुवाकोटकै मदानपुर गाविस–९ निवासी ड्राइभर ४० वर्षीय आइतसिह तामाङको लाइसेन्स नक्कली भएको पाइएपछि प्रहीले अनुसन्धानलाई नयाँ शिराबाट अघि बढाएको जनाएको छ ।
ड्राइभर तामाङले प्रयोग गरेको लाइसेन्स नम्बर अर्कै व्यक्तिको नाममा जारी भएको भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले बताए ।
यातायात व्यवस्था विभागले तामाङले प्रयोग लाइसेन्स नक्कली भएको पत्र पठाएपछि ड्राइभर विरुद्ध सरकारी कागज र छाप दस्तखत किर्ते मुद्धा चलाइएको उनले बताए । प्रहरीले ड्राइभर तामाङविरुद्ध विदुरस्थित जिल्ला अदालतमा सवारी ज्यान मुद्धा दायर गरेको थियो ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६२ को उपदफा ३ वमोजिम प्रहरीले दायर गरेको सवारी ज्यान मुद्धा अन्र्तगतको सुनुवाइपछि अदालतको आदेशअनुसार ड्राइभर तामाङ हाल नुवाकोट कारागारमा छन् । दुर्घटना हुनुपुर्व उनले अनियन्त्रित रुपमा वस चलाउने गरेको प्रत्यक्षदर्शी यात्रु बताउँछन् ।
गाडी मालिकसँगको झगडामा दुर्घटना
२०५२ सालदेखि सवारीसाधन चलाउँदै आएका उनले दुर्घटना भएको बा २ ख २२६६ नम्बरको यात्रु बस दुर्घटना हुनु तीन महिना अघिबाट चलाउँदै आएका थिए । सवारी धनी कविन्द्रलाल श्रेष्ठसँग तलव र पैसाबारे विवाद हुँदा गालीगलौज गरेपछि प्रतिशोध गरेर तामाङले प्रहरीमा बयान दिएका छन् ।
नुवाकोट वेत्रावतिका बसधनी श्रेष्ठसहित उनकी पत्नी र छोरी सवार भएको दिन बस दुर्घटना गराएको बयान उनले प्रहरीमा दिएका छन् । दुर्घटनामा गाडीधनीकी छोरीको पनि मृत्यु भएको थियो ।