राजधानीको पशुपतिनाथ मन्दिरमा बम बिस्फोट गराउन लागेको भन्दै हल्ला गर्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ


काठमाडौं, मंसिर २८ - कुनै आतंकवादी समुहले राजधानीको पशुपतिनाथ मन्दिरमा बम बिस्फोट गराउन लागेको भन्दै हल्ला गर्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले ३६ वर्षीय रोशन भारतीलाई पक्राउ गरेको हो । सफ्टवेयर इन्जियिनर यिनले कल्की अवतार फाउण्डेसनसँगको मनमुटाबका कारण यस्तो अफवाह फैलाएको प्रहरीको भनाई छ । उनले आतंकवादी समुहले आफूलाई पशुपतिनाथमा बम बिस्फोट गराउन 'अफर' गरेको भन्दै केही राष्ट्रिय सञ्चार माध्यमलाई अन्तर्वार्ता दिएका थिए ।

इमेल ठेगाना ह्याक गरेर पशुपतिनाथमा ६ डिसेम्बरका दिन बम बिस्फोट गराउने सम्पुर्ण तयारी भएको भन्दै अर्को एक इमेल ठेगानामा पठाएर अपवाह फैलाएको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक पुस्कर कार्कीले बताए । उनका अनुसार यिनले युनुष अल्गोहार नामका ब्यक्तिलाई इमेल पठाएको भन्दै भ्रम सिर्जना गरेका थिए ।


भारतीको कल्की अवतार नेपाल नामक संस्थासँगको आपसी खटपटका कारण यिनले त्यो संस्थालाई हानी पुर्‍याउन यस्तो गरेको प्रहरीको भनाइ छ ।




प्रतिक्रिया दिनुहोस्...