जबरजस्ती गर्ने युवाको लिंग ब्लेडले च्वाट्टै काटियो


एक महिलालो मध्य रातमा बालबालिका सँग सुतीरहेको अवस्थामा बजरजस्ती गर्ने पुरुषको लिंग लाग्ने ब्लेडले च्वाट्टै काटिदिएकी छन् ।

महिलामाथि जबरजस्ती गर्ने युवाको लिंग सिराहाकी एक महिलाले काटिदिएकी हुन् ।

अनलाइनमा सार्वजनिक भउको समाचार अनुसार सिरहाको भवानीपुर ६ मा एक महिलालाई जवरजस्ती करणी गर्ने प्रयास गर्ने एक युवकको लिंग काटिएको हो ।

सामान्य चिया खाजा पसल सञ्चालन गर्दै आएकी महिलाले राती आफुलाई जबरजस्ती गर्न खोज्ने २३ वर्षीय विल्टु मुखियाको लिंग काटिदिएको सिराहा प्रहरीले जनाएको छ ।

महिलामाथि बजरजस्ती गर्ने पुरुषको लिंग ब्लेडले काटी दिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरिक्षक ज्ञानेन्द्र फूँयालले जनाएका छन् ।

महिलामाथि जबरजस्ती गर्ने पुरुषको लिंग काटीपछि गम्भिर घाइते भएका युवकको  विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

महिलाले आफू बालबच्चासँग सुतिरहेको बेला ति पुरुषले जबरजस्ती गरेकाले आफूले उनको लिंग काटिदिएको बताएकी छन् ।



,

प्रतिक्रिया दिनुहोस्...