अष्ट्रेलियामा १६ घन्टापछि बन्धक मुक्त, बन्दुकधारीसहित तीनको मृत्यु


काठमाडौं, पौष १ । अष्ट्रेलियाको सिड्नीस्थित एउटा क्याफेलाई बन्दुकधारीको नियन्त्रणबाट मुक्त गराउन प्रहरीले गरेको सशस्त्र कारबाहीमा ३ जनाको ज्यान गएको छ ।
सन् १९९६ देखि अष्ट्रे्लियामा राजनीतिक शरण लिइरहेका इरानी शरणार्थी मान हारोन मोनिसले सोमबार बिहानैदेखी सिड्नीको व्यस्त मार्टिन प्यालेसमा रहेको लिन्ड चकलेट क्याफेलाई नियन्त्रणमा लिएर १७ जनालाईबन्धक बनाएका थिए ।
१६ घन्टासम्म बन्दुकधारीलाई मनाएर आत्मसमर्पण गराउने प्रयास विफल भएपछि अष्ट्रेलियन कमान्डोले सशस्त्र कारबाही गरेको थियो । कारबाहीका क्रममा बन्धक बनाइएका दुई सर्वसाधारणसहित ३ जनाको मृत्यु भएको हो । प्रहरी कारबाहीमा बन्दुकधारी हारोन मोनिस मारिएका हुन् ।

बन्दुकधारीले मानव ढालको रुपमा प्रयोग गरेका क्याफेका ३४ वर्षीय म्यानेजर टोरी जोन्सन र ३८ वर्षीय वकिल कट्रिना डसनको समेत मृत्यु भएको हो ।
आफूलाई इस्लामी धर्मगुरु बताउने ती बन्दुकधारी विभिन्न आरोपमा अदालतको चक्कर काटिरहेको इरानी शरणार्थी थिए । उनीमाथि झन्डै ४० ओटा विभिन्न आरोपमा मुद्दा चलिरहेको थियो । (एजेन्सी)





प्रतिक्रिया दिनुहोस्...