धार्मिक भावनामा ठेस पुर्याएको भन्दै आमिर बिरुद्द मुद्दा


बलिउड अभिनेता आमिर खान लाइ धार्मिक भावनामा ठेस पुर्याएको भन्दै अदालतमा मुद्दा दायर भएको छ |पिकेको पोस्टरको कारण पनि बिबादमा आएका उनले अदालत बाट सफाई त पाए तर फेरी उनलाई मुद्दाको झमेला व्यहोर्नु पर्ने भएको छ |

चलचित्रमा धार्मिक भावनामा दख्खल पर्ने कुरा देखिएकोले उनि माथि मुद्दा दायर भएको बुझिएको छ | प्राथमिकी हिन्दु कानूनी प्रकोष्ठका सचिव प्रशान्त पटेलले पीकेका निर्देशक राजकुमार हिरानी, आमिर खान, निर्माता विधु विनोद चोपडा र सिद्धार्थ रोय कपुरविरुद्ध मुद्दा दायर गरेका हुन्। यसबारे भारतीय प्रहरीले निर्माता निर्देशक विरुद्ध मुद्धा परेको स्वीकारेका छन्। फिल्ममा भगवान शिवलाई गलत तरिकाले देखाएको र फिल्मको डाइलग ‘जो डरता है, वो मन्दिर जाता है’ अर्थात जो डराउँछ उ मन्दिर जान्छ भन्ने संवादले धार्मिक अपमान गरेको मुद्दामा भनिएको छ।उनि बिरुद परेको यो मुद्दाले उनलाई के गर्छ यस बारेमा भने सबैलाई खुल्दुली बनाएको छ |




प्रतिक्रिया दिनुहोस्...