माघ ८ मा संविधान जारी नहुंदा सबैभन्दा बढि घाटा एमाओवादीलाई - डा. बाबुराम भट्टराई
काठमाडौं, पुुस ९ - संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति तथा एनेकपा माओवादी पाटीका नेता डा। बाबुराम भट्टराईले आउदोा माघ ८ मा संविधान जारी नभए सबैभन्दा बढि घाटा उनकै पाटीलाई हुने बताएका छन्। नेपाल पत्रकार महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भूतपुर्व प्रधानमन्त्री भट्टराईले एमाओवादी पाटीले संविधान निर्माणमा बाँझोहाल्ने काम गरेको आरोपको खण्डनगर्दै उनले भने, ‘संविधान नबनाउँदा सबैभन्दा धेरै घाटा एमाओवादी, प्रचण्ड र बाबुरामलाई हुन्छ । नेता भटराइले माघ ८ मै संविधान ल्याउनुपर्ने तर्कगर्दै प्रचण्ड र बाबुरामले संविधान बनाउन नदिएको भन्ने नेपाली कांग्रेस र एमालेको आरोपको प्रतिवाद समेत गरे । एमाओवादी वरिष्ठ नेता डा भटराइले एमाओवादी, नेपाली कांग्रेस र नेकपा एमाले बिच विगतमा भएको १२ बुँदे समझदारीमा हस्ताक्षर गर्ने नेताहरुको संझनागदर्, उनले अहिले एमाले र कांग्रेसका उक्त नेताहरु नेतृत्वमा नहुँदा समस्या उत्पन्न भएको समेत औंल्याएका थिए । तत्कालिन नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एमालेबाट माधव नेपालले हस्ताक्षर गरेका थिए । कोइरालाको देहान्त भैसकेको छभने माधव नेपालको ठाँउमा केपी ओलाी पाटी अध्ययक्ष छन् । डा। भट्टराईले १२ बुँदे समझदारी, शान्तिप्रक्रिया र अन्तरिम संविधानको भावना अनुसार संविधानका अन्तरबस्तुमा सहमति जुटाउनुपर्नेमा जोड दिए । सहमति बाटै संविधान जारीहुनुपर्छ भन्ने हाम्रो मान्यता रहिआएको. छ तर सहमतिको नाममा आदिवासी जनजाति, अल्पसंख्यक, पिछडीएका, सिमान्कृत समुदायका मुद्दा भने आफूहरुले कदापि नछाड्ने अडान स्पष्ट पारे । सोही कार्यक्रमलाई संवोधनगर्दै नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले उनको पाटीले कदापि पनि जातियता नस्वीकार्ने स्पष्ट पारे । पूर्व प्रधानमन्त्री नेपालले आफूहरु संघीयताको पक्षमा रहेका तर जातियता नस्वीकार्ने बताए। जातिय मुद्दालाई हेर्ने कुरामा समस्या रहेकाले यसबारे एमाओवादीलाई गम्भीर भएर सोच्न उनले सुझाव दिए । नेपालले आफ्नो पाटी राज्य पुनसंरचना र शासकीय स्वरुपका बारेमा थप छलफल गर्न तयार रहेको प्रष्टाए । उनले भने - ७ प्रदेशको प्रस्तावमा थप छलफल गर्न तयार छौं । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भन्नेका छौं, यसमा पनि छलफल गर्न सकिन्छ ।