मलाई होइन मेरो शरीरलाई पुरुष चाहिन्छ : रेखा थापा.....भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुस होला
हिम्मतवालीको सफलतापछि हौसिएकी रेखा थापा अर्को चलचित्रको निर्देशनमा जुटेकी छिन् । नेपाली चलचित्र क्षेत्री समकालीन समयकी एक्ली सुपर स्टार नायिका पनि हुन् उनी ।
त्यसो त रेखा आफ्नो व्यक्तिगत जीवनशैली र खुलस्त अभिव्यक्तिका कारण चर्चामा आउँछिन् । यसैक्रममा उनले यसै साता एउटा अग्रेजी दैनिक पत्रिकालाई दिएको अन्तवार्ताका कारण रेखाको चर्चा हुन थालेको छ । उनले पत्रिकालाई अन्तवार्ता दिने क्रममा भनेकी छिन्–म महिला हूँ तर महिलावादी होइन ।
अर्थात महिलाको थिचोमिचो भयो,महिलाहरु अवसरबाट बञ्चित भए,उनीहरुको सशक्तिकरण र सवलीकरण गर्नुपर्यो जस्ता महिलावादीहरुले उठाउँदै आएका मुद्दामा उनको सहमति छैन रे । उनको बुझाइमा नेपाली नारीहरु पहिले पनि सक्षम थिए र अहिले पनि छन् । मात्र खाँचो छ त हेर्ने सामाजिक दृष्टिकोणमा सकरात्मक परिवर्तन हुन ।
अर्को एउटा प्रश्नमा उनले भनेकी छिन्–अहिले म सिंगल छु । तर पुरुषको साथ पनि चाहिन्छ । किनभने स्वस्थ्य नारीको शरीरले पुरुष माग्छ । त्यसो त जीवन विताउँन भने पुरुषकै साथ चाहिन्छ भन्नेमा पटक्कै विश्वास गर्दैनन् रे रेखा ।
उनको यो अभिव्यक्तिलाई लिएर महिलावादीहरुले असन्तुष्टि जनाउँन सक्ने सम्भावना भए पनि धेरैले भने उनको यो खुलस्त र स्पष्ट अभिव्यक्तिको तारिफ गर्न थालेका छन् । Source: Sahayatri.com