लन्डनमा के गर्दै छिन खुश्वु ओली ?
ओएस नेपाल, लन्डन, पुस १- गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ मारिएपछि प्रहरी अनुसन्धान छल्न सुटुक्क लण्डन पुगेकी उनकी प्रेमिका खुश्वु ओलीले त्यहां पीएचडी गर्ने तयारी गरिरहेकी छिन् । खुश्वुले ‘सोर्स बीहाइन्ड द राइज अफ मुश्लिम एक्स्ट्रिजम इन मिडिल इष्ट’ टपिकमा पिएचडी गर्ने तयारी गरिरहेकी छिन् ।
यसअघि मास्टर्स गरेको युनिभर्सिटी अफ अक्सफोर्डबाटै पिएचडी गर्ने भनेर उनले प्राध्यापकहरुसंग छलफल गरिरहेको जनाइएको छ । उनले आगामी जनवरी इन्टेकबाट छात्रवृत्तिमै पढ्ने योजना बनाइरहेको उनी निकट सुत्रको हलावा दिँदै लन्डनबाट प्रकाशित अनलाइन वीनेपालीले जनाएको छ । मनिटरिङ एण्ड इभ्यालुएसन एनालिष्टका रुपमा फ्रिल्यान्सिङ काम गरिरहेकी उनले पिस एण्ड कोर्प्स लगायत कयौं प्रोजेक्टमा काम गरेकी छिन् । तर, लामो समयसम्म गुमनाम रहेकी खुश्वु दिनेश अधिकारी चरी मारिएपछि एकाएक चर्चामा आइन । प्रहरीले इन्काउन्टरमा चरीको ज्यान गएको भनेपनि उनले प्रहरीमाथि चरीको हत्याको आरोप लगाउँदै मिडियामा अन्र्तवार्ता दिइन् । चरीले अबैधानिकरुपमा आर्जन गरेको सम्पत्तिको भोगचलन खुश्वुले गरिरहेको आशंकामा प्रहरीले उनको सम्पत्तिमाथि छानविन गर्ने तयारी थालेपछि उनी सुटुक्क लण्डन पुगेकी थिइन् । सन् २००० मा काठमाण्डौ जेसिस्ले गरेको प्रतियोगितामा ‘लिटिल लेडी’ भएकी उनी सन् २००६ मा मिस टिन भएपछि मिडियामा छाइन् ।