दक्षिण सुडानमा नेपाली सिपाहीको मृत्यु
काठमाडौं : शान्ति स्थापना कार्यको दक्षिण सुडानमा तैनाथ श्री अर्जुनबाण गण (शा.से.) पहिलो डफ्फामा कार्यरत .प्युठ पुकार थापाको मृत्यु भएको छ। उनको पार्थिव शरीरलाई बुधबार गौचरस्थित कालीप्रसाद गणको प्राङ्गणमा सैनिक सम्मानका साथ अन्तिम श्रदाञ्जली अर्पण गरिएको छ।
कर्तव्य पालनको शिलशिलामा ज्यान गुमाएका स्व.थापाको पार्थिव शरिरमा नेपाली सेनाको तर्फबाट कार्यरथी उपरथी राजेन्द्र विक्रम शाहले फुलमाला अर्पण गरी भावपूर्ण श्रद्धाञ्जली चढाएका थिए।
कर्तव्य पालनको शिलशिलामा ज्यान गुमाएका स्व.थापाको पार्थिव शरिरमा नेपाली सेनाको तर्फबाट कार्यरथी उपरथी राजेन्द्र विक्रम शाहले फुलमाला अर्पण गरी भावपूर्ण श्रद्धाञ्जली चढाएका थिए।
सैनिक जनसम्पर्क निर्देशनालयको विज्ञप्तीअनुसार भक्तपुर कटुञ्जे गा.वि.स.–४, कोलडांडा स्थायी घर भई श्री नं.१ ह.सु. व्याट्रि, गौचर व्यारेकमा दरबन्दी भएका स्व.प्युठ पुकार थापा पुस ३ गते शान्ति स्थापनार्थ दक्षिण सुडानको मा खट्टिएको समयमा अचानक बेहोस भई उपचारका क्रममा देहान्त भएको थियो। हालसम्म शान्ति स्थापनार्थ तैनाथ ६० जना शान्ति सैनिकहरुले ज्यान गुमाएका छन्।
