घरमै बनाउन सकिने चामत्कारिक घरेलु औषधिहरु


घरमै बनाउन सकिने चामत्कारिक घरेलु औषधिहरु कपाल झर्ने, चाँडै फुल्ने रोगका लागि १. दुबै हातको ८ औँलाहरुको नङ्गलार्य आपसमा दिनको ३ पटक ५ मिनेटसम्म नियमित घोट्दा ६ महिनामा कपाल झर्ने एवं सेतो हुने बन्द हुन्छ । साथै कपाल कालो र बाक्लो पनि हुन्छ । तालु खुइलेहरुलाई भने ९ महिनासम्म नियमित अभ्यास गर्नाले कपाल पलाउँछ ।

२.पहेँलो बारुलाले छोडेर गएको चाका २५ ग्राम १०–१५ वटा जयापुष्पको पातलाई आधा लिटर नरिवलको तेलमा हल्का आगो लगाई उमाल्ने, उमालेर चाका कालो भएपछि तेलालाई आगोबाट उतारी सेलाएपछि चकालाई निचोरेर शीशीमा भरी राख्ने । त्यसपछि प्रतिदिन हल्का हातले उक्त तेलले टाउकोमा नियमित मालिस गर्नाले कपाल उम्रन्छ । चायाँ नष्ट गर्नका लागि १.निमपत्ताको रस २०० ग्राम र १० ग्राम कालो लितको तेल दुबैलाई एकैसाथ मिलाएर हल्का आगोमा बिस्तौ पकाई तेलमात्र बाँकी रहेपछि आगोबाट झिकेर त्यसलाई छान्ने र शीशीमा सुरक्षित राख्ने । उक्त तेललाई प्रतिदिन टाउकोमा लगाउनाले चायाँ पर्ने र कपाल झर्ने रोग समाप्त हुन्छ । टाउकोमा घाउ खटिरा आएमा उक्त तेलले मालिस गर्दा चाँडै निको हुन्छ । २.रातो घण्टी फूलको रस ६ ग्राम, एक चम्चा नरिवलको तेल र तीन चम्चा दहीको मिश्रणलाई कपालमा लगाएर एक घण्टा पछि धुने गर्नाले चायँ नष्ट हुन्छ र कपाल पनि काले र बाक्लो हुन्छ । पेटको रोग तथा पित्तको लागि १.५० ग्राम नरिवलको तेल र ५ ग्राम खाने कपुर दुबैलाई मिलाई लगाउनाले पोल्ने वा चिलाउने बन्द भई तुरुन्दै आराम मिल्छ । २.दुई चम्चा चिनीको धुलो, ५ दाना मरिच र २ चम्चा गाईको घीउलाई मिलाएर पिसी लेप बनाउने र पेटको कोढ, कण्डू आदिमा आदिमा २–३ पल्ट लगाउँदा आराम मिल्छ ।




प्रतिक्रिया दिनुहोस्...