रोजगारका लागि कुवेत पुगेकी नवलपरासीकी राधिका नेपाली सार्की कठोर शारीरिक श्रम गनुए परे पछि आफू बसेको घरको माथिल्लो तलाबाट हामफाल्दा उनको हात र दाँत भाचिएको बताइएको छ । उनको देव्रे हात र केहि दाँतहरु भाँचिएका छन् ।
घाइते राधिकालाई स्थानीय अस्पतालमा भर्ना गरिएको बताइएको छ । कुवेती नागरिकको घरमा बिहान ६ बजे देखि राती १ बजेसम्म लगातार काम गर्नुपर्ने र उनले त्यहाँबा भाग्न खोज्दा दुर्घटना भएको बताइन् । ‘कठोर काम गरेपनि नियमित तलब पाउँदिन थे’ उनले भनिन् झगडा गर्दा बल्लबल्ल ६ महिनाको तलव दियो ।’
आफुलाई काम गर्न मन नलागेको भएको बताए पनि उनलाई जवर्जस्ती आफूलाई काम गर्न लगाएको उनको भनाई छ । राधिकाको अनुसार उनलाई बाहिर निस्कन पनि छुट थिएन । काम गर्न नसकेको भन्दै आफूलाई कुवेत पठाउने एजेण्ट चुडाराज भट्टराईलाइ गुनासो गर्दा उल्टै उसले धम्क्याएको पनि बताइन् ।
‘ तैंले काम गर्न सकिनस् अव तैलेँ खुव कुटाई खान्छेस्’ चुडाराजले भनेको कुरा सम्झँदै राधिकाले भनिन् ‘अव कि त मलाई चुडाराजले नेपाल फर्काउनु पर्छ वा दुतावासले फर्काइदियोस् ।’ अस्पतालमा भर्ना गरिएकी उनको अवस्था बुझ्न एजेण्ट र दुतावासबाट कोहि नगएको उनले दुखेसो पोखिन् । ‘कुवेती घरमालिकलाई पनि मलाई एजेण्टको अफिस लगिदे भन्दा कुट्थ्यो, त्यसैले घरको झ्यालसम्म गएको थाहा छ, त्यसपछि के भयो मलाई थाहा छैन’ राधिकाले भनिन । अस्पतालमा रहेकी राधिकाको ओठ सिलाइएको छ भने उनको देब्रे हात भाँचिएको छ ।
उनी एक वर्ष अघि नेपालबाट मिनबहादुर तामाङ मार्फत कुवेत पुगेकी थिइन् ।
कुवेतमा एक नेपाली महिलाको यसरी भाँचियो दाँत र हात: