सुनको मूल्य ओरालो लाग्ने क्रम जारी


 ५ पुस, काठमाडौ ।
स्थानीय बजारमा उतारचढाव झेलिरहेको सुनचाँदीको भाउ यो साता घटेको छ । साताको पहिलो दिनको तुलनामा प्रतितोला सुनको भाउ ६ सय रुपैंया तथा चाँदीको भाउ ४५ रुपैंयाले घटेको हो ।


साताको पहिलो दिन आइतबार प्रतितोला छापावाल सुन ५२ हजार ६ सय तथा तेजावी सुन ५२ हजार ३ सय ५० रुपैंयामा किनबेच भएको थियो । आइतबार चाँदी प्रतितोला ७ सय ४५ रुपैंयामा किनबेच भएको थियो ।

सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार ५ सय तथा चाँदी ३५ रुपैंयाले घटेको थियो । बुधबार सुनको भाउ प्रतितोला ३ सय रुपैंयाले बढेर ५२ हजार ४ सय पुगेको थियो भने चाँदीको भाउ प्रतितोला १० रुपैंयाले घटेर ७ सय रुपैंया पुगेको थियो । बिहीबार सुनको भाउ ४ सय रुपैंयाले घटेको थियो भने चाँदीको भाउ स्थिर रहेको थियो 
शुक्रबार पनि सुन तथा चाँदीको भाउ स्थिर रहँदै प्रतितोला छापावाल सुन ५२ हजार, तेजावी सुन ५१ हजार ७ सय ५० तथा चाँदी ७ सय रुपैंयामा कारोबार भएको थियो ।




प्रतिक्रिया दिनुहोस्...