फूटबल प्रशिक्षक दर्लामीको दाहसंस्कार गरियो(फोटोफिचर)


 रौतहट, मंसिर २७ । महिला फुटवल खेलाडीका प्रशिक्षक शेर बहादुर दर्लामीको आज गृहजिल्ला रौतहटमा दाहसंस्कार गरिएको छ । उनको पार्थिब शरिरमा असंख्यले श्रद्धाञ्जली दिएका छन ।



राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका महिला खेलाडी उत्पादन गरेर कुशल प्रशिक्षकको रुपमा पहिचान बनाउन सफल ५५ बर्षिय शेर बहादुर दर्लामीलाई रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी रामराजा सुबेदी सहितका सरकारी कार्यालयका प्रमुख एबम गैरसरकारी क्षेत्रका प्रतिनिधि, शुभचिन्तक, खेलाडीहरुले आज श्रद्धाञ्जली दिएका छन ।

प्रशिक्षण सकेर घर फर्केका दर्लामी लाई गत १५ गते मस्तिष्कघात भएपछि उपचारको लागि काठमाडौं स्थित अन्नपुर्ण न्युरो अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको शुक्रबार निधन भएपछि दाहसंस्कारको लागि उहाको शब गृहजिल्ला रौतहट लगिएको हो ।

उनको पार्थीब शरिरमा रौतहट जिल्ला फुटबल संघका अध्यक्ष नेपाल कार्कीले अखिल नेपाल फुटबल संघको झण्डा ओढाए । तीन दशक देखि उनले फुटबलको लागि स्वयमसेबक प्रशिक्षण दिदै आएका उनको योगदानमा राष्ट्रिय र बिभागिय टोलीमा २१ जना खेलाडी रहेका छन ।




प्रतिक्रिया दिनुहोस्...