जुका पर्नुको कारण र थाहा पाउने उपाय
खास गरेर बच्चाको पेतमा धेरै जुका पाइन्छ । तर कहिलेकाहिँ ठूला मानिसहरुमा पनि यस्ता जुका पर्न सक्छन् । बच्चाको पेटमा जुका पर्यो भने बच्चाले खाएको पौष्टिक आहाराको पोषण तत्व सबै जुकाले खान्छ । बच्चा दुब्लो पातालो र ख्याउरो देखिन्छ । जुकाको रोकथाम समयमै गर्न सकिएन भने बच्चाहरुलाई एनिमिया कुपोषण पेटमा अवरोध एलर्जी आदिको रोगको सिकार बन्नुपर्दछ ।
जुका पर्नुको कारण
नङ टोक्ने बानिले गर्दा
हात नधोईकन खानेकुरा खानाले ।
भुईमा झरेको खानेकुरा खानाले ।
काँचो मासु खानाले ।
धेरै पाकेको केरा वा गुलियो पदार्थ धेरै खानाले ।
फलफूलमा आरु खानाले पनि जुका पर्न सक्दछ ।
जुका परेको कसरी थाहा पाउने
रोगी दुब्लो पातलो हुनु ।
अनुहार पहेँलो देखिनु ।
बारम्बार नाक र गुदद्वार चिलाउनु ।
रोगीको आँखामुनि कालो घेरो पर्नु ।
धेरै भोक लाग्ने, पेट ठूलो हुनु ।
निन्द्रामा दाँत किटकिटाउनु ।
ओछ्यानमा पिसाब फेर्नु, पिसाब सेतो भएर जम्नु ।
सानो–सानो भुरामा जिद्धी बन्नु, रुनु कराउनु ।
जुका पर्नुको कारण र थाहा पाउने उपाय