थाहा पाईराखौ...!. स्याउ खानाले महिलाको यौन सन्तुष्टि बढाउन मद्दत गर्ने
दिनको एउटा स्याउ खानुहोस्, डाक्टर टाढा राख्नु होस्’ यो भनाई हामीले धेरै
सुन्दै आएका हौं । तर अहिले आएर स्याउले मानिसलाई स्वास्थ मात्र होइन यसले
महिलामा यौन सन्तुष्टि बढाउन पनि मद्दत गर्दछ ।
हालै
एक अध्ययनले महिलाले दिनहुँ स्याउ खाँदा उनीहरुको यौन क्षमतालाई स्वस्थ
बनाउने र यौन सन्तुष्टि पाउन मद्दत गर्ने देखाएको छ । स्याउमा पाइने
पोलीफेनल र एन्टीअक्सिडेन्टले यौन अंगमा रगतको बहावलाई बढाउने र त्यसले
महिलामा यौन क्षमता बढाउने र उत्तेजित हुन सहयोग गर्ने देखाएको छ ।
यस परिक्षणका लागि अध्ययनकर्ताहरुले इटाली ७३१ महिलाहरुलाई सहभागी गराएका थिए । उनीहरुको उमेर १८ देखि ४३ वर्षसम्मको थियो ।
यसबाट अध्ययनकर्ताहरुले दिनमा एक वा दुईवटा स्याउ खाने महिलाको यौनाङमा
चिल्लो पना राम्रो हुने र समग्र यौन क्रियालकलाप राम्रो हुने देखाएको थियो ।
स्याउमा पाइने फ्लोरिजिनले पनि महिलाको सेक्स हर्मोनलाई स्वस्थ राख्न मद्दत गर्ने बताइएको छ ।
यस विषयमा रिपोर्ट हफिङटन पोस्टमा आएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस