साउदीमा कार्यरत नेपालकी कामदारको शौचालयमा मृत्यु


 ओएस नेपाल, गोलबजार २८ मङ्सिर । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका सिरहाका एक कामदार युवकको मृत्यु भएको छ ।
सिरहा औरही –५ का करिब ३८ वर्षीय महादेव साहको मृत्यु भएको हो ।
ज्वरो लागे पनि कम्पनीले काममा लगाउँदा बेहोस भएर शौचालय जाँदा दुई दिन अगाडि उनको मृत्यु भएको उनका भाइ गणेशले जानकारी दिएका छन् ।
वैदेशिक रोजगारीमा खाडी मुलुक पुगेका नेपाली कामदारले नियम कानुन अनुसार काम गर्ने व्यवस्था कार्यान्वयन नहुँदा कष्टपूर्ण दैनिकी बिताइ रहेका छन् ।
यही खाडी मुलुकको कष्टपूर्ण जीवनबाट सिराहाका महादेवको जीवन लिला अन्य भएको छ भने यसरी नै दैनिक दर्जनौ नेपाली युवा वैदेशिक रोजगारीका लागि परदेशमा मृत्युको मुखमा पुग्दै छन् ।
रोजगारीको अवसर खोज्दै प्रत्येक वर्ष लाखौँको संख्यामा नेपाली युवा विदेशीने गरेका छन् ।
- See more at: http://www.osnepal.com/saudi-ma-nepali-kardarko-mertu/#sthash.V1SzAlzi.dpuf





प्रतिक्रिया दिनुहोस्...