जानी राखौ ...! कुखुरा को मासु धोएर कहिल्यै नपकाउनु होस् ..जनचेतना को लागि सबै ले पढ्न जरुरि ...
तपाइँको पनि कुखुराको मासु किनेर ल्याएपछि धोएर मात्र पकाउने बानी छ भने
आजै देखि छोडिदिनुस् । बैज्ञानिकहरुले कुखुराको मासु धोएर पकाउन नहुने
भन्दै यसो नगर्न चेतावनी दिएका छन् । कुखुराको मासु धुँदा
क्याम्पाइलोब्यक्टर नामक ब्याक्टेरिया फैलिने र यसले खानालाई विषाक्त
बनाउने उनीहरुको भनाइ छ । द टेलिग्राफमा प्रकाशित रिपोर्ट अनुसार अधिकाँश
कुकहरुले पकाउनु अघि कुखुराको मासु धुने गरेको तथ्याङ्क रहेको भन्दै यसो
नगर्न चेतावनी दिएको हो ।
बैज्ञानिकहरुले
वर्षेनी देखिने क्याम्पाइलोब्यक्टर नामक ब्याक्टेरिया मुख्यतः कुखुराको
मासुबाट नै फैलिएको समेत बताएका छन् । यो क्याम्पाइलोब्यक्टर नामक
ब्याक्टेरियाले पेट दुखाउने, झाडा पखाला, वान्त हुने लगायतका समस्या गराउने
गर्छ । मानिसहरुले कुखुराको मासु किनिसकेपछी धोएर पकाउने कुरालाई दृष्टीगत
गरेर यो चेतावनी जारी गरिएको शोधकर्ता बैज्ञानिकहरुले बताएका छन् ।
थप जानकारीको लागि भिडिओ :-