सुतेकै ठाउँमा नेपालीको मृत्यु


महोत्तरी पुस ५ – पोखराका ४२ वर्षका रिका गुरुङको दुबईमा ज्यान गएको छ ।
गएको १२ वर्र्षदेखि दुबईको एयरपोर्ट साइडमा रहेको इमारिटेज फ्लाईट क्याटरिङ कम्पनीमा काम गर्दै आएका गुरुङको सुतेकै ठाउँमा ज्यान गएको गुरुङसँगै काम गर्दै आएका सर्लाही मुर्तियाका बासुदेब बरालले जानकारी दिनुभयो ।
शुक्रबार राति खाना खाएर सुतेका गुरुङ बिहान मृत अवस्थामा भेटिएको बरालले बताउनुभयो । गुरुङको ज्यान जानुको कारण खुलेको छैन ।





प्रतिक्रिया दिनुहोस्...