वलात्कारपिडित पुजालाई देखेर वावुराम भट्टराईले डाको छोडेरै रूदै फेसवुक स्ट्याटस लेखे । हेर्नुहोस्
काठमाडौं, पुस २–
एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले निकै भावुक हुदै सामाजिक संजाल फेसवुकमा स्ट्याटस कोरेका छन् । सामुहिक बलात्कारपीडित पूजा बोहोराको आँशु देखेर उनी निकै मर्माहित भएको कुरा स्ट्याटसमा जनाईएको छ ।हिजो कान्तिपुर दैनिकमा प्रकाशित प्रकाशित पुजाको लेख पढेर जीवनमा पहिलो पटक डाको छोडेर रोएको समेत वताएका छन् ।
पूजाको मार्मिक चिठी पत्रिकामा पढेपछि डा. भट्टराईले उहाँलाई निवासमै वोलाएका थिए भने उनीसंगको बेटमा पूर्व महान्याधिवक्ता मुक्ति प्रधान र मानवअधिकारकर्मी विश्वप्रकाश भण्डारी थिए । पुजाले वुवा भनेर संवोधन गर्पश्चात भट्टराई भावविह्ल हुदै आँखाभरी आशु लिएर प्रधानन्यायाधीशलाई टेलिफोन गरेर पीडितलाई अन्याय हुने वातावरण बन्न नदिन आग्रह पनि गरे । भट्टराईले पूजालाई न्याय दिलाउनको लागि आवश्यक पहल गर्न पूर्व महान्याधिवक्ता प्रधान र मानवअधिकारकर्मी भण्डारीसँग पनि आग्रह गरेका छन् । पुजा रक्षा नेपालका प्रतिनिधिसँग बाबुराम निवास पुगेकी थिईन् ।
भट्टराईको फेसवुक स्ट्याटस