नवलपरासीको कावासोतीबाट केहि पर रहेको जुगेपानी र डण्डा बजारको बिचमा पर्ने जङ्गलमा रहेको कुलोको छेवैमा एक अपरिचित महिलाकाे शव


नवलपरासीको कावासोतीबाट केहि पर रहेको जुगेपानी र डण्डा बजारको बिचमा पर्ने जङ्गलमा रहेको कुलोको छेवैमा आज एक अपरिचित महिलाकाे शव फेला परेको छ | शव जुगेपानी र बेलुवा दुबैलाई जोड्ने सडकको छेवैमा रहेको कुलोको तिरमा जलाइएको अवस्थामा फेला परेको हो | स्थानीय वासिन्दाले बिहान शवलाई फेला परेपछि घटना स्थलमा पुगेको प्रहरीले हाल सम्म ति महिला बारे केहि तथ्य पत्ता नलागेको बताएको छ | शवलाई पोस्ट मार्टमका लागि जिल्ला प्रहरी कार्यालय कावासोतीमा राखिएको छ | आन्दाजी ३० वर्षीय ति महिलालाई पहिले धारिलो हतियारले घाँटी रेटी पछि शरीरमा पेट्रोल चर्किएर जलाइएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ | अनुहार जलेको अवस्थामा रहेकाले महिलाको अनुहार चिन्न समेत मुस्किल परेको स्थानीय बादल थापा मगरले जानकारी दिए | ति महिलालाई किन जलाइयो र किन उनको हत्या गरियो भन्ने बारे हाल छानबिन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कवासोतीले जनाएको छ |



,

प्रतिक्रिया दिनुहोस्...