'उस्ले मलाई छाड्यो, युज्ड (Use) मात्रै गर्यौं' भनेर सुसाइड नोट लेखेर आत्महत्या


suside-note medianp
'उस्ले मलाई छाड्यो, युज्डमात्रै गर्यौं' भनेर सुसाइड नोट लेख्दै एक युवतिले आत्महत्या गरेकी छिन्। तर, कस्ले धोका दिएको भन्ने नखुलाएकी धरान–१९ की २६ वर्षीया प्रिति मुखियाले केही लामो प्रेम भएको आशंका जन्माउँदै आत्महत्या गरेकी हुन्।

आत्महत्याको केही समय अघि मात्रै ती प्रेमीको नम्बरबाट फोन आएको परिवारले बताएको छ। परिवारका अनुसार ती व्यक्तिसँग १० वर्ष अघिदेखि प्रेम थियो। तर, आफूहरुलाई इमान्दार लागेकाले पनि केही नभनेको उनकी दिदी भूमिकाले बताइन्। परिवारको दाबी अनुसार सागर खड्कासँग लामो प्रेम रहेको बताइन्छ। उनी एक निजी विद्यालयका शिक्षकसमेत हुन्। र, बुबा प्रदीपकुमार मुखियाले उनको नाममा इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएका छन्।

तर, इप्रका धरानका डिएसपी संजयसिंह थापाले आत्महत्या गरेर मर्नेको हकमा कारक तत्वलाई कानुनले अपराध नमान्ने बताए। 'निजको प्रेमसम्बन्धको कारण आत्महत्या गरेको आफन्तबाट खुल्न आएको छ।, उनले भने 'तर, पुष्टि हुने आधार केही पाइएको छैन्।, 

खड्काले भने आफू त्यो घरमा गइरहने भएकाले पनि आफूमाथि परिवारले शंका गरेको दाबी गरे। 'म त्यहाँ गइरहेको हुनाले पनि ममाथि ब्लेम लगाइएको हो।, उनले भने। उनका अनुसार खासमा ती युवतिको विदेशमा रहेका एकजनासँग प्रेमसम्बन्ध रहेको र घण्टौंसम्म उनीसँग कुराकानी हुने गरेको बताएका छन्।

त्यो विषयमा आमालाईसमेत थाहा भएको उनले बताए। तर, आमाले यसबारेमा खुलाउँदै भने 'त्यो केटाले एकतर्फी मन पराएको सही हो। तर, उ विदेशमा रहेकाले पछिल्लोसमय सम्पर्क भएको मलाई याद छैन्।' खड्काले उनीहरुको कतिपय गोप्य कुराहरु पनि उल्लेख गरेका छन्। उनले भने 'विदेशबाट आएर पनि घरमै थाहा नदिई यिनीहरुले भेट गरे। घरले मान्दैन भन्दै पासपोर्ट बनाएर केटी पनि विदेशसम्म जाने तयारीमा थिए। त्यो बारेमा ती युवतिले नै मलाई भनेकी थिई।'

खड्काले भने ती युवतिलाई पढाउनेदेखि लिएर स्कुटी किनिदिने, मोबाइल पठाइदिनेसम्मको काम गरेकाले बिहे गर्न भनेरै कतारदेखि फर्किएको तर, केटीले केही महिनापछि बिहे गर्ने भनेर भनेपछि उनीहरुबीचमा द्धन्द्ध सिर्जना भएकाले घटना भएको हुन सक्ने दाबी गर्छन्। त्यस बारेमा अहिलेसम्म परिवारले आफूहरुलाई थाहा नभएको बताएका छन्।

जव खड्काको इग्गेजमेन्ट भएको फेसबुकमार्फत थाहा भयो त्यसपछि आफ्नो छोरी निराश भएको बताइन्। फेसबुकमार्फत थाहा पाएको भोलिपल्ट नै अर्थात् १५ गते अपरान्ह आत्महत्या गरेको आमाले बताइन्।
युवतिले गरेको सुसाइड नोट





प्रतिक्रिया दिनुहोस्...