पशुपतिमा लाख बत्ति बाले शत्रुधन सिन्हाले


व्यक्तिगत भ्रमणका लागि नेपाल आएका बलिउडका चर्चित कलाकार एबम पूर्व मन्त्रि शत्रुधन सिन्हाले पशुपति नाथमा लाख बत्ति बालेका छन |उनले बिहिवार बिहान पशुपति नाथमा पुजा आराधना सहित लाख बत्ति बालेका हुन् |

परिवारका सदस्य सहित नेपाल आएका उनि अरु कुनै काम नभई व्यक्तिगत रुपमा नेपाल आएका हुन् |३ घण्टा लगाएर पशुपतिमा पुजा गरेका उनलाई उनकी पत्नी पुनम, भारतीय मूलका बेलायती व्यवसायी सुबोध अग्रवाल र निर्माता पहलाज निहलानी र उनीहरूका साथमा परिवारका सदस्य पुजा गर्न साथ दिएका थिए | उनले पशुपति मा ३६ हजार भारतीय रुपैयाँ (५७ हजार ६ सय रुपैयाँ) बराबरको पूजा गरेका थिए र समय अभावको कारण केहि पुजा गर्न पाएनन् |तिन घण्टा लगाएर पशुपतिको पुजा गरि सकेपछि उनि बेलुका नै भारत फर्किएका छन |तीन घन्टामा उनले लघुरुद्राभिषेक, पूरा भोग, तीन ब्राह्मणबाट हवन, पशुपति र वासुकीनाथमा पञ्चामृत पूजा तथा आरती गराएका थिए। सिन्हाको सम्पूर्ण भ्रमणको व्यवस्था चौधरी ग्रुपले गरेको थियो |बेलायती मुलका व्यवसायी सुबोध र सिन्हाको परिवार नेपालमा द्वारिकाज होटलमा बसेका थिए यसको सबै व्यवस्था चौधरी ग्रुपले नै गरेको थियो |पुजा समयमा उनका सुभचिन्तकले उनको चलचित्रको चर्चित संबाद बोलेर उनलाई मख्ख बनाए |




प्रतिक्रिया दिनुहोस्...