नायिका शुभेच्छा थापाले आत्महत्याको प्रयास



माघ १३ काठमानडाै :  नायिका शुभेच्छा थापाले आत्महत्याको प्रयास गरेकी छन् । उनले उनको जीवनमा लागेका बिभिन्न आरोपको खण्डन गर्न नसकेर आत्महत्याको प्रयास गरेकी हुन । सामान्य मान्छेको जीवनमा त विभिन्न उतार चढावहरु आउँछन, सामाजिक व्यक्तिको जीवनमा त झन धेरै आउँनेनै भए ।
नायिका थापाको आत्महत्याको प्रयास यहि जीवनका उतार चढावलाई स्विकार गर्न नसक्नुको परिणाम हो । नायिका थापाको आत्महत्या प्रयासको कुरालाई लिएर उनको आलोचना भएको छ ।
तर, उनको आत्महत्याको यो प्रयास र प्रयासपछिको आलोचना रियल लाइफमा भने भएको होइन । आगामी माघ १६ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘टाइगर द रियल हिरो’ भित्र समेटिएको कथा हो यो ।
निर्देशक राजु गिरीको निर्देशनमा तयार पारिएको यो चलचित्र आगामि माघ १६ गतेबाट अल नेपाल रिलिज हुँदैछ । चलचित्रले कस्तो कथाबस्तु बोकेको छ, र के काण्डमा नायिका थापाले आत्महत्याको प्रयास गरेकी छन् त्यो जान्नभने आगामी माघ १६ मा आफूलाई पायक पर्ने हलसम्मै पुग्नु पर्ने छ ।





प्रतिक्रिया दिनुहोस्...