यी हुन् मेकअपविना नै सुन्दर देखिने नायिका


भनिन्छ कुनै पनि कलाकारलाई सुन्दर बनाउन सबैभन्दा ठुुलो हात मेकअप म्यानको हुन्छ । शारीरिक रुपमा जो जतिसुकै भद्दा किन नहोस्, उनिहरुलाइ चिरिच्याट्ट पारिदिन्छन् मेकअप म्यानले ।
केही नायिका यस्ता पनि छन् जसलाइ राम्री बनाउनका लागि कुनै किसिमको मेकअपको जरुरी छैन । त्यत्तिकै पनि राम्री देखिने नायिकाको वारेमा ‘टाइम्स अफ इण्डिया’ ले खोजी गरेको छ । उसले तयार पारेको सूचीमा कट्रिना कैफदेखि भट्ट सम्म विना मेकअप राम्रा देखिनेको सूचीमा पर्छन् ।
karisma-karina-and-malaika
करिष्मादेखि मलाइकासम्म
करिष्मा कपुर उमेरले ४० वर्ष पार भईन् । उनी बहिनी करिना कपुर पनि ३४ वर्षकी भइन् । तर, यी दिदी बहिनी अहिले पनि निकै हट भएर कार्यक्रममा उपस्थित हुन्छन् । त्यतिमात्रै हैन यीनलाइ हट हुनकै लागि मेकअप जरुरी छैन ।
चलचित्र ‘पिके’मा काम गरेपछि थप चर्चामा आएकी नायिका अनुश्का शर्मालाइ पनि सुटिङ बाहेकको कार्यक्रममा जाँदा मेकअप जरुरी पर्दैन । गोरी अनुश्काको छाला चम्किलो र सुकिलो भएको बताइन्छ ।
मलाइका अरोरा खान पनि बिना मेकअप सुन्दर देखिने महिला हुन् । प्राय पार्टी  र साथीभाइ सँग भेटघाट गर्दा विना मेकअप उपस्थित हुन्छिन् उनी ।
rekha
रेखाको अब्बल सौन्दर्य
कतिपय कार्यक्रममा नायिकाहरु विना मेकअप नै उपस्थित हुन थालेकाछन् । मुम्बइमा आयोजित एक तमिल फिल्म ‘इनाम’को विषेश स्त्रिmनीङको अवसरमा नायिका श्रद्धा कपुर विना मेकअप उपस्थित भएकी थिईन् ।
रणदीप हुड्डाको फिल्म ‘राजमार्ग’ को विषेश स्त्रिmनीङमा धेरै कलाकार उपस्थित थिए । उपस्थित भएकामध्ये रेखाको चर्चा विषेश भयो कारण उनी विना मेकअप उपस्थित भएकी थिइन् । ६० वर्षमा पनि उनको सौन्दर्य ताजै छ भन्नेहरु धेरै छन् । अहिले  पनि अब्बल नायिकाको रुपमा चिनिन्छिन् ।
aliya-bhattaआलिया सबै भन्दा राम्री
प्राय अवार्ड समारोहमा विना मेकअप उपस्थित हुने रानी मुखर्जी सुटिङमा मात्रै मेकअप गर्छिन ।
मधुर भण्डारकर निर्देशित ‘फेशन’मा काम गरेकी कंगना राणावत पनि मेकअप विनानै हट देखिने नायिका हुन् । र्‍याम्पमा समेत चर्चित कंगना प्राय कार्यक्रममा मेकअप नगरी प्रस्तुत हुन्छिन् ।
आलिया भट्ट पछिल्लो समय बलिउडमा आएकीमध्ये सबैभन्दा राम्री नायिकाको रुपमा चिनिन्छिन् । मेकअप गर्नमा झन्झट मान्ने यी नायिकाले धेरैजसो कार्यक्रममा जाँदा मेकअप गर्दिनन् ।
पछिल्लो समय फिल्ममा त्यती सक्रिय छैनन् सोहा अलि खान । नातामा सैफ अलि खानकी बहिनी सोहा पनि मेकअपमा धेरै ध्यानदिन्नन् ।
कतिपय अनौपचारिक कार्यक्रममा समेत यी हुन् मेकअपविना नै सुन्दर देखिने नायिका कैफको सौन्दर्य चर्चा हुने गरेको छ । घरमा बस्दा कहिल्यै मेकअप गर्दिनन् नायिका विद्या वालन । केही महिना अघि मात्रै बैबाहिक जीबनमा प्रवेश गरेकी दिया मिर्जा पनि गोरी र राम्री नायिकाको रुपमा चिनिन्छिन् । भलै उनको सौन्दर्यले रजतपटमा उत्पात मच्चाउन सकेन ।
पछिल्लो समय फिल्ममा प्रवेश गरेकी परिणती चोपडाका लागि उनको सौन्दर्य नै काफी छ । उनलाइ पनि हट हुनका लागि कुनै मेकअपको जरुरी छैन ।
‘बर्फी’मा काम गरेपछि राम्रै चर्चा पाएकी थिइन् इलियाना डिक्रुजले । मेकअप नगर्ने नायिकाको सूचीमा पर्ने इलियाना पनि राम्री नायिकाको रुपमा चिनिन्छिन् ।






प्रतिक्रिया दिनुहोस्...