अपहरित जापानी तत्काल रिहा गर्न प्रधानमन्त्री आवेको आग्रह



shinzo_abeजापानी प्रधानमन्त्री सिन्जो आवेले आफ्ना नागरिकलाई तत्कालै रिहा गर्न आग्रह गर्नुभएको छ । उहाँले जेरुसेलमबाट भन्नुभयो– जापानी नागरिकले कसैलाई हानी गरेका छैनन्, उनीहरूलाई तत्कालै रिहा गरियोस् । हाल जेरुसेलममा रहनुभएका प्रधानमन्त्री आवेले सो माग गर्नुभएको हो ।
उहाँले ती आफ्ना नारिकलाई विनाशर्त र तत्कालै रिहा गर्न माग गर्नुभएको जेरुसेलमबाट प्राप्त समाचारमा जनाइएको छ । उहाँले आफुलाई यस्तो कार्यले निकै आक्रोसित एवम् दुःखी बनाएको पनि जेरुसेलममा आयोजित पत्रकार सम्मेलनमा बताउनुभएको छ ।
दुईजना जापानी नागरिकको अपहरण गरेका इस्लामिक स्टेट (आईएस) का लडाकूहरूले फिरौती नदिए ती नागरिकको हत्या गर्ने मङ्गलबार मात्र बताएका थिए ।
उनीहरूले जापान सरकारसँग २० करोड अमेरिकी डलर फिरौती मागेका छन् । सो जानकारी आईएसको आधिकारिक वेभसाइटमा राखेका छन् । दुई जना जापानी नागरिकको अपहरण गरिएकोमा उनीहरूलाई रिहा गर्ने हो भने २० करोड अमेरिकी डलर बराबरको फिरौती दिनुपर्ने जानकारी सो वेभसाइटमा राखिएको बताइएको छ ।






प्रतिक्रिया दिनुहोस्...