भारतमा २० वर्ष बेचिएकी श्रीमतीलाई आफ्नै घरमा भित्र्याए श्रीमानले


बीस वर्र्षपहिले भारतमा बेचिएकी रुकुमकी एक महिला आफ्नो घर खोज्दै जाजरकोट आइपुगेकी छन् । युवा बालपनको हेक्का राख्न नसकेपछि रुकुम जाने क्रममा उनी जाजरकोट आइपुगेकी हुन् ।

रुकुम खोलागाउ“को मानाकोट घर बताउने धनकुमारी भनिने राज कुमारीलाई गाउ“ले मामा नातापर्ने व्यक्तिले २० वर्Èपहिले भारतको चन्डीगढमा लिएर एक भारतीय नागरिकसँग आफूलाई बेचेको राज कुमारी बताउँछिन् । आफू १६ वर्षमा बेचिएको बताउने राज कुमारी भन्छिन्, किन्ने भारतीयले आफूलाई एक वर्Èसम्म मानसिक र शारीरिक यातना दिएर अन्तमा जङ्गलमा लगेर फालिदियो, बेवारिसे अवस्थामा जङ्गलमा फालिएकी महिलालाई देहरादुन विकास नगर थानाका जीवन सिंहले फेला पारेपछि आफ्नो घरमा लिएर गई औÈधि उपचार गरे । विकासनगर थानाका स्थानीयवासीले आफूलाई उपचार गरी बचाउने जीवन सिंहसँग विवाह गरिदिएको उनको भनाइ छ । आफूसँग विवाह भएको जानकारी पाएपछि पहिले चन्डीगढमा बेच्ने व्यक्ति फेरि गएर अर्कासँग बेचिदिएको उनको साथमा सँगै आएका उनका पति जीवन सिंहले बताए । चरम मानसिक तथा शारीरिक यातनाबाट मानसिक सन्तुलन नै गुमाइसकेकी आफ्नी श्रीमतीलाई पाउन आफूले भारतीय प्रहरीको सहयोग लिएको बताउँदै जीवन सिंहले भने–“प्रहरीको सहयोगमा मैले अर्को ठाउँमा बेचिएकी श्रीमतीलाई फेरि पाउन सफल भएँ, विवाह गरेको आज १९ वर्È बितिसकेको छ, हामी लोग्नेस्वास्नी सँगै छौँ । हाम्रा सन्तानका रुपमा चारजना जन्मिएर पनि बचाउन नसकेको दुःख सिंहले व्यक्त गरे । उनको मानसिक सन्तुलन ठीक ठाउ“मा नभए पनि २० वर्Èपछि आफ्ना आमा, बुबा, दाजुभाइलाई सम्झेर लोग्नेलाई साथमै ल्याएर नेपाल फर्किएकी छन् । २० वर्Èको अन्तरालपछि आफ्नो घरको खोजीमा नेपाल आएकी राज कुमारीलाई जाजरकोट जिल्ला प्रहरी कार्यालयले उनको घरसम्म पु¥याउन सहयोग गर्ने जानकारी दिएको छ । रासस




प्रतिक्रिया दिनुहोस्...