रणबीरले मागे दीपिकाको हात, चाँडै नै हुनसक्छ विवाह


मुम्बई, पुस २६ – केहि दिन अघि रणबीरले आफ्नी पे्रेमिका दीपिका पादुकोणलाई प्रपोज गर्दा उनलाई फर्किएर पनि नहेरी अर्कैको हात समातेर हिँडेको खबर आएको थियो । हुन त उनले यस्तो व्यवहार रणबीरलाई रिस उठाउन गरेकी हुन् तर यस्तो लाग्छ यो जोडि आफ्नो सम्बन्धमा निकै गम्भीर छन् र चाँडै नै आफ्नो सम्बन्धलाई निश्चित नाम दिने तयारीमा छन् । सूत्रका अनुसार, रणबीरले दीपिकाको आमा–बुवासँग उनकी निकै प्यारी छोरी दीपिकाको हात मागेका छन् । यति मात्र होइन, यी अभिनेताले दीपिकाको घरमा गएर विवाहको बारेमा कुराकानी गरेका छन् । दीपिकाको परिवारले पनि रणबीरको प्रपोजललाई सहर्ष स्विकारेका छन् । भर्खरै दीपिका आफ्नो जन्मदिनलाई विशेष बनाउनका लागि बैंगलोर पुगेकी थिइन् । दीपिकाको जन्मदिन विशेष बनाउन रणबीरले ठूलै भुमिका निभाएको पनि सूत्रले बताउँछ । यद्यपी यी दुबैले यो विषयमा केहि पनि टिका–टिप्पणी गरेका छैनन् ।




प्रतिक्रिया दिनुहोस्...