छिमेकी युवासँग लागेको भन्दै बाबुद्वारा छोरीको हत्या


काठमाडौँ । छिमेकी युवासँग प्रेम सम्बन्ध राखेकै कारण पर्साको लापर्साकी एक किशोरीको बुवाले हत्या गरेका छन् । छोरीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ती किशोरीका बुबाआमासहित चार जनालार्इ हिरासतमा लिएपछि घटना सार्वजनिक भएको हो।

आजको अन्नपूर्ण पोष्टमा समाचार अगाडि लेख्छ, लालपर्सा गाविस–८ की १४ वर्षीया फुलमति कुमारीको हत्या उनकै बुबा रमेश महत्तो धानुकले गरेको रहस्य खुलेको हो।

छोरी फुलपति र छिमेकी युवक मुन्ना साह तेलीबीच प्रेम सम्बन्ध रहेको हल्ला गाँउमा फैलिएपछि आवेशमा आएका रमेशले छोरीलार्इ कुटेर मारेका हुन्। गत पुष ७ गते छिमेकी बेल्वा गाविसमा लागेको मेलामा फुलमति आफ्नी बहिनीसँगै गएकी थिइन्।

मेलामा फुलमति र मुन्नाबीच भेटघाट भएको खबर उनकी बहिनीले राती घर फर्किएर आमा बुबालार्इ दिइन्। त्यसपछि आवेशमा आएका रमेशले त्यही रातमा फुलमतिलार्इ निर्घात रूपमा कुटपिट गरेपछि ज्यान गएको हो ।




प्रतिक्रिया दिनुहोस्...