बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाका कर्मचारीबाटै बालिका बलात्कृत


२४ पुस, मेलम्ची ।
 बालिका बलात्कारको आरोपमा ईलाका प्रहरी कार्यलय मेलम्चीले महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्ने एक कर्मचारीलाई पक्राउ गरेको छ । महिला आत्म निर्भरता केन्द्र (मांक)का सामाजिक परिचालकलाई १३ वर्षकी बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।

बुधबार दिउँसो ३ बजेतिर थाङपालकोट गाबिस २ डाडाखर्क स्थित गाई गोठमा रहेकी १३ बर्षीया बालीकालाई जबरजस्ती करणी गरिरहेको बेला गाउँलेको सहयोगमा ईचोक ६ स्थायी घर भएका भरत कुमार दंगाललाई रंगेहात पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक चन्द्र बहादुर थापाले जानकारी दिए ।

महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्ने जिम्मेवार संस्थामा कार्यरत जिम्मेवार ब्यक्तिबाटै यस्तो घटना घटेपछि महिला आत्म निर्भरताको काम प्रति शंका बढेको छ । संस्थाकै कामको सिलसिलामा बाटो नदेखेको भन्दै बाटो देखाउन जाने क्रममा दंगालले नजिकै गोठमा लगेर जबरजस्ती करणी गरेको पीडितको भनाई छ । 

बालिका गोठबाट चिच्याएपछि स्थानीय गोठमा पुग्दा रंगेहात समातिएका हुन । पक्राउ परेका दंगालाई आवश्यक अनुसन्धानका लागी ईलाका प्रहरी कार्यलय मेलम्चीमा राखिएको छ ।दंगाललाई मुलुकी एैन २०२० को जबरजस्ती करणी महल अन्तर्गत ८ देखि १० बर्ष कैद तथा क्षतिपूर्ति भराउनु पर्ने सजाय हुने प्रहरी निरिक्षक थापाले बताए ।

पक्राउ परेका दंगालले आरोप स्वीकार गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्...