यस्ता कुरा गर्ने हुन्छन् धोकेवाज


 कहिले काँहि तपाइँलाई पार्टनर अर्थात प्रेमी प्रेमिका वा पति पत्निमाथि शंका लागेको छ ? लागेको हुन सक्छ । अधिकाँश जोडीमा कुनै न कुनै समय यस्तो समस्या आउँछ ।


सम्बन्धमा वाक्क भएपछि मानिसहरु नयाँ पन खोज्छन् र अन्यत्र सम्बन्ध स्थापति गर्छन् ।

हालै गरिएको एक सर्वेले साथीहरुसँग अफेयरका कुरा गर्ने र विवाहेत्तरका सम्बन्धबारे बढी कुरा गर्नेहरु धोकेवाज हुने देखाएको छ । डेली स्टारमा प्रकाशित यो सर्वेका अनुसार पार्टनरलाई धोका दिनेहरु प्राय साथीहरुसँग परपुरुष वा परस्त्री सम्बन्धका विषयमा चासो राख्छन् र बढी कुरा गर्छन् ।

इटालीको एक विश्व विद्यालयमा गरिएको यो अध्यनका अनुसार पत्नि वा पतिका साथीसँग अफेयरका कुरा गर्नेहरुमा यस्तो समस्या बढी हुन्छ । खासगरी शारीरिक सन्तुष्टीका लागि यस्तो बाहिरी सम्बन्धमा उनीहरु बढी उत्सुक हुने अध्यनको निष्कर्ष छ ।

१२ हजार महिला र पुरुष सहभागी उक्त सर्वेक्षणका क्रममा यस्तो नतिजा आएको हो । अधिकाँश धोका दिने जोडीहरु सेक्स सम्बन्धी कुरा गर्न वा यौन सम्बन्धका लागि नजिकिने गरेको पनि अध्यनले देखाएको छ ।





प्रतिक्रिया दिनुहोस्...