नातिनी गर्भवती बनाउने हजुरबुबालाइ २०० बर्षको कैद !


natinigarvbati
वासिङटन : नाता सम्बन्धलाइनै कलंकित गर्ने कुराहरू त तपाइँले हरेक दिनजसो सुन्दै आएका छौं । तर यस्तो एक घटना भएको छ, जसमा अभियुक्तलाइ दिएको सजायँका बारेमा सुन्ने मानिसहरूलाइ भने निकै अचम्ममा पार्नेछ ।
डेली मेलको एक खबर अनुसार अमेरिकामा मोन्टेनाको नजिकै स्टेन्सभिलेमा बस्ने एक जना ५५ बर्षीय हजुरबाले आफ्नै नातिनीलाइ गर्भवती बनाएका छन । डक्टरी जांचबाट पत्ता लागे अनुसार ११ बर्षीया बच्चीको गर्भमा ३२ साताको बच्चा हुर्किरहेको छ । उक्त बच्चाको बाबु अरू कोही नभै उनकै हजुरबुबा रहेको खुलासा भएको छ ।
११ बर्षकी यी बच्चीका साथमा बलात्कार र त्यसलाइ गर्भवती बनाएको घटनाको खुलासा त्यतिबेला भएको थियो, जब ती बच्चीले केही महिना पछिनै उल्टी गर्न थालिन । जब ती बच्चीलाइ डक्टरकहाँ जाँचका लागी पुर्याइयो, त्यसपछि डक्टरले उनको पेटमा शिशु हुर्किरहेको बताएपछि ती बच्चीले यो कसरी भयो थाहा नभएको बताइन । यस क्रममा उनले आफ्ना १४ बर्षीय ब्वाइफ्रेन्डका साथमा महिनौं अघि सम्बन्ध भएको समेत कबुल गरिन, तर यसबाट नभै उनी आफ्ना हजुरबुबाको कारणले गर्भवती भएको बताएपछि सबैजना अचम्मित भएका थिए ।
बच्चीले गर्भवती हुँदा कस्तो हुन्छ र रेप के हुन्छ थाहा नभएको बताएकी छन । यस्तोमा ती बच्ची ३२ साताको गर्भवति भएपछि यस कुरालाइ स्टेन्सभिलेको कोर्टले निकै गम्भिरता पूर्वक लिएको थियो ।
उक्त कोर्टले ५५ बर्षका यी कलंकित कार्य गर्ने हजुरबुबालाइ ११ बर्षकी नातिनीलाइ यौन शोषणमात्र गरेको नभै उनकी बहिनीलाइ समेत यौन शोषण गरेको जनाएको छ । यी बच्चीले गत अगष्टमा एक शिशुलाइ जन्म दिइसकेकी छन । प्रहरीका अनुसार ती दुबै बच्चीका अभिभावन समेत तिनै हजुरबुबा रहेका थिए । अभिभावक भएर पनि यस प्रकारको कलंकित गर्ने कार्य गरेकोमा उनलाइ जन्मकैद भन्दा धेरै समयको सजायँ सुनाइएको छ ।
अहिले सम्म कोर्टमा रहेको यस मामलाको सुनुवाइ गर्दै कोर्ले आगामी ५० बर्षका लागी उनलाइ बिना पेरोल जेल बस्नुपर्ने सजायँ सुनाएको छ । त्यसपछि उनलाइ आगामी १५० बर्ष थप कैदको सजायँ सुनाइएको छ । कोर्टलाइ यो कुरामा अझ बढि गम्भिर बनाएको थियो कि गर्भवती भएकी बच्चकी बहिनीको उमेर मात्र तीन बर्षको थियो र उनीहरूको रेखदेख समेत गर्ने हजुरबुबालेनै यो निकृष्ट हर्कत गरेका थिए ।एजेन्सी





प्रतिक्रिया दिनुहोस्...