कमल थापाको टाउकोमा प्रहरीको लाठी


kamal thapa
ओएस नेपाल, काठमाडौँ, ४ माघ । संविधानसभा भवन घेराउन गर्न भनेर र्याली सहित नयाँ बानेश्वर पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्तामाथि प्रहरीले लाठिचार्ज गरेको छ ।
kamal 1
संविधानसभा भवन घेराउ गर्न भन्दै बबरमहलबाट राप्रपा नेपालले निकालेको र्यालीमा प्रहरीले हस्तक्षेप गरेको हो ।  राप्रपाको र्यालीले संविधानसभा भवन परिसर नयाँबानेश्वर चोक छउमा प्रहरीले तोकेको निशेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो । राप्रपाका अध्यक्ष कमल थापाले नेतृत्व गरेको र्‍यालीमा प्रहरीले लाठिचार्ज गर्दा कमल थापा सडकमै बसेका थिए । प्रहरीले सबै कार्यकर्तालाई तितर बितर बनाएको थियो ।
????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????
राप्रपा नेपालले अब बन्ने नयाँ संविधानमा हिन्दु राष्ट्र, धर्मनिरपेक्षता, गणतन्त्र र संघियताबारे जनमत संग्रह गर्न माग गर्दै राजधानीमा र्याली गरेको हो ।






प्रतिक्रिया दिनुहोस्...