बम विस्फोटमा कम्तीमा नौको मृत्यु (तस्विर सहित)


 पूर्वी अफगानिस्तानको गजनी प्रान्तमा मङ्गलबार सर्वसाधारण सवार रहेको एक सवारी साधन सडककिनारमा राखिएको बमसँग ठोक्किँदा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको छ ।


सो विस्फोटनमा परी नौ जनाको मृत्यु हनुको साथै अन्य दुई घाइते भएका प्रान्तीय गभर्नरले जानकारी दिएका छन । यस समाचारको विस्तृत विवरण भने प्राप्त भइसकेको छैन ।


यसैवर्षको जनवरी १ देखि अफगान राष्ट्रिय सुरक्षा बलले अफगानिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मा लिएका छन् ।

गएको १३ वर्षदेखि अफगानिस्तानको शान्तिका लागि खटिइआएको नेटो सैनिकले यही जनवरी १ देखि बिदा लिइसकेको यस अवस्थामा तालिवानी आतङ्ककारी समूहले अफगान सुरक्षाबल र सर्वसाधारण नागरिकमाथि आक्रमणका शृखलाहरु पनि बढाएका छन् ।


अर्कोतर्फ सुरक्षा बलले तालिवानी विरुद्ध कारबाहीको शृङ्खलालाई निरन्तरता नै दिएको छ । सो कारबाहीमा दैनिक रुपमा तालिवानीहरु मारिने पनि गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय मिसनका अनुसार दक्षिण एसियन यस राष्ट्रमा सन् २०१४ मा मात्र तालिवानसँग आबद्ध आतङ्क र द्वन्द्वको कारण करिब १० हजार सर्वसाधारणको मृत्यु र घाइते भएका छन् ।




प्रतिक्रिया दिनुहोस्...