कैदीले जेलमै शारीरिक सम्बन्ध राख्न पाउने
भातरको पञ्जाव हरियाणा उच्च अदालतले राज्यमा जेलमा रहेका कैदी बन्दीलाई यौन सम्पर्कको अधिकार दिने फैसला गरेको छ । अव यो फैसला पछि कैदीकोरुपमा रहेका बन्दीहरुले पनि सन्तान उत्पादनको अधिकार अन्तगर्त यौन सम्बन्ध राख्न पाउने भएका छन् ।
अन्य देशमा कैदीहरुलाई कृतिम गर्भाधानको अधिकार रहेपनि भारतमा यो ब्यवस्था छैन । अव भने जेलबाट बाहिर जाने र कृतिम गर्भाधान गराउने दुवै अधिकार बन्दीले पाउने भएका छन् । यद्यपी कस्ता कस्ता कैदीहरुलाई यस्तो अधिकार दिने भन्ने विषयमा भने राज्य सरकारले निर्णय गर्नेछ ।
हत्याको अभियोगमा जेलमा रहेका कैदी दम्पतिले दर्ता गरेको उजुरी माथि फैसला गर्दै अदालतका न्यायाधीशले यस्तो फेसला गरेका हुन् । उनीहरुलाई आफूलाई सन्तानको इच्छा भएको भन्दै यौन सम्बन्ध राख्ने अधिकार माग गरेका थिए ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjaN7SKDVSYrJuC8fWywN9KJDswcBoDVauQlLsYj8q2WBvS0xe-BPlPZ6GR9kHew8LthzPlH6BPKaDi5en-PpxUIhWlK7yAB7WiF4m8S3drUP9II9aHTNz2Q_QalB3Yici_b__NzfPz9b8/s1600/a-prisoner.jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjaN7SKDVSYrJuC8fWywN9KJDswcBoDVauQlLsYj8q2WBvS0xe-BPlPZ6GR9kHew8LthzPlH6BPKaDi5en-PpxUIhWlK7yAB7WiF4m8S3drUP9II9aHTNz2Q_QalB3Yici_b__NzfPz9b8/s1600/a-prisoner.jpg)